संचारकर्मीहरुका लागि खोजमुलक समाचार लेखन तालीम

686 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhading-1480292782धादिङ र मकवानपुर जिल्लामा रहेका विभिन्न संचारमाध्यममा कार्यरत संचारकर्मीहरुका लागि  अधिकारमूखी तथा खोजमुलक समाचार लेखन तालीम दिइएको छ । फियान नेपाल र खाद्य अधिकार जिल्ला सञ्जाल धादिङको आयोजनामा भएको तालिममा  सहभागीहरुलाई खोज पत्रकारीता केन्द्रका अध्यक्ष शिव गाँउलले सहजीकरण गरेका थिए ।

खाद्य सुरक्षा , यसबाट पर्न सक्ने असर र उपलव्धिहरुको खोजी गर्न सिकाउने उद्धेश्यले संचारकर्मीहरुलाई तालिम दिईएको हो । धादिङका निमित्त प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले उदघाटन गर्नुभएको तालिमको समापन  धादिङका स्थानीय विकास अधिकारी भगवान अर्यालले गर्नु भएको थियो । कार्यक्रममा  नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली लगायत धादिङ र मकवानपुरका विभिन्न संचारमाध्यममा आबद्ध पत्रकारहरुको सहभागीता रहेको थियो ।