थांक्रेमा दुर्घटनामा परि टिपर चालकको मृत्यु परिचालक घाइते

754 पटक पढिएको

२० मंसिर २०७३, सोमबार ०६:२३ सम्पादक: धादिङ न्यूज

download-3धादिङ- थांक्रे गाविसको जुंगेखोला नजिकै शनिवार रातिभएको दुर्घटनामा परि घाईते एक टिपर चालकको उपचारका क्रममा ज्यान गएको छ । शनिवार राति ११ बजे  थाक्रे-५ स्थित ग्रामिण सडकमा जुँगेखोलावाट  स्वारातर्फ जाँदै गरेको बा२ख १५०२ नम्बरको टिपर सडकबाट अन्दाजी एक सय मिटर तल खस्दा टिपर चालक २३ बर्षीय नारायण रेग्मी घाईते भएका थिए ।  रेग्मीलाई तत्काल उद्धार गरी उपचारका लागि काठमाण्डौं लगिएकोमा राती  २ बजे काठमाडौंमा उपचारको क्रममा रेग्मीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परिचालक १६ बर्षीय माइला नामले चिनिने समेत गम्भिर घाइते भएका थिए।घाइते दुवैलाई उपचारको लागी काठमाडौं स्थित अन्नपुर्ण न्युरो अस्पताल लगिएको थियो ।