logo

चार सय वर्षपछि पानी सुक्यो रानीपोखरीमा

775 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

/fgLkf]v/Ldf 56k6fO/x]sf] df5f /fgL kf]v/Lsf] kfgL sf7df8f}F dxfgu/kflnsfsfn] ;'sfPkl5 lxnf]df 56k6fO/x]sf] df5f .  tl:a/ M k|bLk/fh jGt,/f;;

रानीपोखरीमा छटपटाइरहेको माछा
रानी पोखरीको पानी काठमाडौँ महानगरपालिकाकाले सुकाएपछि हिलोमा छटपटाइरहेको माछा । तस्बिर : प्रदीपराज वन्त,रासस

काठमाडौँ,- झन्डै चार सय वर्षपछि रानीपोखरी जलविहीन भएको छ । रानीपोखरीको पुनः निर्माण अघि बढाउन अहिले पोखरीको पानी सुकाइएको छ । पानी सुकाइएसँगै पोखरीमा रहेका माछा कमलपोखरीमा सारिएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले जानकारी दिनुभयो ।

अहिलेसम्ममा तीन हजार माछा सारिसकिएको छ । अब एक हजार माछा सार्न बाँकी रहेको अनुमान गरिएको छ । सबै माछा स्थानान्तरण गरिसकिएपछि केही दिनमा हिलो फाल्ने काम सुरु हुन्छ । विसं २०७२ वैशाख १२को भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर र वरपर समेत क्षति पुगेको थियो ।

गत वैशाख दोस्रो सातादेखि सुरु गरिएको पुनःनिर्माणको आगामी भदौ १३ गते सकिने बताइएको छ । बालगोपालेश्वर मन्दिर पुनःनिर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काम रोक्न निर्देशन दिएको थियो ।

दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरूसहितको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा सोह्रहाते गणेशसहितका मन्दिर छन् । प्रताप मल्लले कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन ‘विष्णुतीर्थ’ निर्माण गराएको इतिहासमा उल्लेख छ । पोखरी निर्माणका क्रममा गोसाइँकुण्डदेखि नेपालका विभिन्न भागका नदी, जलाशयका पानी पनि राखिएको थियो ।

पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि पुनःनिर्माणअन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलीमिली बनाइने, चारैतिर बार बारिने, बगैँचा बनाइने, हरियाली र रङ्गीन पानीको फोहरा राखिने महानगरपालिकाको योजना रहेको छ । रासस


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic