राप्रपाको प्रमुख सचेतकमा गिरी,सचेतकमा धादिङका परशुराम तामाङ

2386 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

parsuram-tamangधादिङ – दुई राप्रपा एकीकरण भएर वनेको एकीकृत राप्रपाको प्रमुख सचेतकमा दिलनाथ गिरी र सचेतकमा परशुराम तामाङ चयन भएका छन । दुई राप्रपा एकीकरण भएर वनेको एकीकृत राप्रपाको प्रमुख सचेतकमा दिलनाथ गिरी र सचेतकमा परशुराम तामाङ चयन भएका छन । २०७० को संविधान सभा निर्वाचनमा समानुपातिक कोटाबाट संविधान सभा सदस्य निर्वाचित भएका धादिङ सत्यदेवीका तामाङ  यस अघि  राप्रपाको प्रमुख सचेतक थिए । शाही कालमा  धादिङको मनोनित जिविस उपसभापति भएर राजनितिमा प्रवेश गरेका तामाङ राप्रपाको धादिङ जिल्ला अध्यक्ष हुंदै केन्द्रिय सदस्य भएका थिए ।  राप्रपाका प्रभावशाली नेता एवम पुर्व मन्त्री बुद्धिमान तामाङको निकट मानिने परशुराम  शालिन नेताका रुपमा चिनिन्छन ।
पार्टीको शुक्रवार बसेको संसदीय दलको बैठकले दलका सचेतकमा परशुराम तामाङ, सदस्य सचिवमा आनन्ददेवी पन्त तथा कोषाध्यक्षमा दिनेश श्रेष्ठलाई तोकेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र राप्रपाबीच एकीकरण भएपछि गिरी पुनःप्रमुख सचेतक बनेका हुन् । उनी यसअघि राप्रपा नेपालको प्रमुख सचेतक थिए ।यसैगरी, बैठकले सातवटै प्रदेशमा मङ्सिरको अन्तिम सातादेखि पुसको पहिलो सातासम्म प्रादेशिक बैठक गर्ने निर्णय गरेको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिए।