पुस ७ देखी १७ गते सम्म पाँचौं धादिङ महोत्सव हुने

1585 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

15027400_1807351912813111_2792031905377386416_nधादिङ उद्योग वाणिज्य संघले आगामी पुस ७ गते देखी १७ गते सम्म  नीलकण्ठ नगरपालिका–३ धादिङबेसी रायटारमा मा पाँचौं धादिङ महोत्सव आयोजना गर्ने भएको छ ।

‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार कृषि, जलस्रोत, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सवको आयोजना गर्न लागिएको संघका अध्यक्ष वोधनाथ दुवाडीले वताउनु भयो ।

संघद्वारा शनिबार धादिङबेसीमा आयोजित  पत्रकार सम्मेलनमा अध्यक्ष दुवाडीले जिल्ला विकास समिति ,नीलकण्ठ नगरपालिका ,सहआयोजक र नेपाल टुरिजम बोर्ड प्रवद्र्धक रहेको महोत्सवका लागि १५१ सदस्यीय मूल आयोजक समिति, ५१ सदस्यीय सल्लाहकार समिति र १५ वटा विषयगत समितिसमेत गठन भइसकेको वताउनु भयो ।