आपतकालिन सामाग्री हस्तान्तरण

482 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

untitled-1प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) र अक्सफामको साझेदारीमा सञ्चालित नेपाल भुकम्प प्रतिकार्य परियोजना अन्र्तगत विपद जोखिम न्यूनीकरण कार्यक्रम तर्फ यहि पौष २ गते स्थानीय विपद व्यवस्थापन समितिलाई आपतकालिन सामाग्री हस्तान्तरण गरिएको छ ।
प्रयास नेपालका कार्यक्रम संयोजक उमेश नकर्मी, कार्यक्रम अधिकृत विवेक घिमिरे र ईलाका प्रहरी कार्यालय दार्खाका ईन्चार्ज नोफ्ले गुरुङ लगायतले आपतकालिन सामाग्री हस्तान्तरण गर्नुभएको थियो । आपतकालिन सामाग्रीहरु मध्ये हेलमेट, मास्क, लेदरग्लोवस, गमवुट, हेडल्याम्प, जुटरोप, स्ट्रेचर, खुर्पा,बेल्चा, कोदालो, पिलास, पाईपरेन्च, छिनो, हातेआरी, वन्चरो, फोल्डर भ–याङ, रेनकोट, प्राथमिक उपचार बाकस, स्लीपिङ म्याट, फायर एक्सटिङगेसर, ब्ल्यांकेट, ह्वील व्यारो, गल, ह्याम्मर गरि जम्मा रु. १,५७,३६९।– वरावरको सामाग्री वितरण गरिएको हो ।
स्थानीय विपद व्यवस्थापन समितिको माग अनुसार स्थानीय स्तरमा आईपर्न सक्ने विपद व्यवस्थापनको लागि आवश्यक पर्ने सामाग्रीहरु हस्तान्तरण गरिएको हो । उक्त कार्यक्रमको अवसरमा आपतकालिन सामाग्री परिचालन कार्यविधि निर्देशिकाको वारेमा समेत छलफल भई सोहि निर्देशिका वमोजिम सामाग्री परिचालन गर्ने गरि सामाग्री हस्तान्तरण गरिएको र वांकी ४ गा.वि.स. मा समेत सामाग्री हस्तान्तरण गर्ने योजना रहेको कार्यक्रम संयोजक उमेश नकर्मीले वताउनु भएको छ ।