क्रिसमसको अवसरमा सार्वजनिक बिदा

826 पटक पढिएको

९ पुष २०७३, शनिबार १८:०६ सम्पादक: धादिङ न्यूज

काठमाडौं ९  पुस – सरकारले भोलि (आइतबार) क्रिसमसको अवसरमा सार्वजनिक बिदा दिएको छ ।

क्रिश्चियनहरुको चर्को दबाबपछि सरकारले क्रिसमसको अवसरमा शनिबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिका प्रेस सल्लाहकार रामजी दाहालले क्रिसमसको अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिए ।

तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार छँदै सरकारी क्यालेन्डर बनाउनेक्रममा क्रिसमसमा बिदा नदिने निर्णय गरेको थियो ।विश्वभरका इसाई धर्मावलम्बीहरुले इसा मसिह अथवा जिसस क्राइस्टको जन्म दिन पारेर हरेक वर्ष २५ डिसेम्बरका दिन क्रिसमस मनाउँदै आएका छन् ।