धादिङमा काँग्रेस नेता पौडेल प्रमुख अतिथि रहेको मञ्च ढल्यो

630 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ,११ पुस- धादिङमा नेपाली काँग्रेस धादिङको भवन शिलान्याय गरेर औपचारिक कार्यक्रम सञ्चालनका लागि तयार पारिएको मञ्च एक्कासी गल्र्याम गुर्लम ढलेपछि धादिङ काँग्रेसका महिला नेता भगवती पौडेल घाईते हुनुभएको छ । मञ्चमा रहेका नेताहरुको स्वागतका लागि खटिएको वेला मञ्च भत्किएर फलामले च्यापिंदा महिला नेत्तृ पौडेलको खुट्टा भांचिएको हो । मञ्च भत्किएपछि कार्यक्रम स्थलमा निकै बेर खैलाबैला मच्चिएको थियो । काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व अर्थमन्त्री रामशरण महत, पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजाल,मन्त्री कन्चनचन्द्र बादे,सांसद रामहरी ढुंगेल,दिलमान पाख्रिनका साथै ५० भन्दा बढी अतिथि बसेको मञ्च एक्कासी भांंिचदा कार्यक्रम स्थलमा भागदौड मच्चियो । फलामको डण्डि माथि काठको फलेक राखेर वनाईएको मञ्च भत्किंदा कांग्रेस धादिङका महिला नेता भगवती पौडेल घाईते भएकी छिन । पौडेलको खुट्टा भांचिएको नेपाली कांग्रेस धादिङले जनाएको छ । मञ्च विस्तारै भुईमा पुगेपनि नेताहरु भने सकुशल रहेका छन ।
मञ्चमा नेताहरु सहित करीब ५० भन्दा बढीलाई अतिथि आसन ग्रहण गराईसकिएको थियो । अन्य नेताहरु आउनेक्रम जारीनै थियो । अतिथि आसन ग्रहण नसकिदै मञ्च दुई सेकेण्डमै गल्र्याङ गुर्लुङ भाँचिएर ढलेपछि केहीबेर कार्यक्रममा खैलाबैला मच्चिएको थियो ।
मञ्च भत्किएपछि मञ्चमा रहेका अतिथिहरु तितरबितर भएका थिए । । नेता र कार्यकर्ताहरु खैलाबैला भएको थियो । केहीबेर कार्यक्रम स्थलमा सहभागीहरु भागभाग गरेका थिए । मञ्च भत्किएपछि रोकिएको कार्यक्रम आधाघण्टा पछि सञ्चालन गरिएको थियो । मञ्च भत्किनु प्राविधिक कारण रहेकाले नेता कार्यकर्तालाई संयमित रहन नेता पौडेलले पटक पटक आग्रह गरेका थिए । नेपाली कांग्रेस धादिङले निर्माण गर्न लागेको चार तले विपि स्मृति भवनको शिलान्यासका लागि कांग्रेसका केन्द्रिय तथा विभिन्न जिल्लाका नेताहरु धादिङ पुगेका थिए ।