राष्ट्रपति भण्डारीको भारत भ्रमण फागुनमा

647 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bidhya-bhandariनयाँदिल्ली, पुस १२ – महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीको बहुप्रतिक्षित भारत भ्रमण आगामी फागुनमा मात्र संभव हुने भएको छ । माघ महिनामा राष्ट्रपतिकी कनिष्ठ सुपुत्रीको वैबाहिक कार्यक्रम रहेकाले फागुनमा मात्र संभव रहेको भारतका लागि नेपाली राजदुत दीप कुमार उपाध्यायले जानकारी गराएका छन् ।

गत कात्तिक १७ गतेदेखि १९ सम्म भारतका राष्ट्रपति महामहिम प्रणव मुखर्जीले नेपाल भ्रमण समपन्न गरेका थिए । त्यसवेला राष्ट्रपति भण्डारीलाई भारत भ्रमणको निम्ता दिएका थिए । राष्ट्रपति स्वयंमले निमन्त्रणा गरेपछि भारतले संभावित भ्रमणलाई मध्यनजर गर्दैं आफ्ना तर्फबाट सम्पूर्ण तयारी गरेर बसेको भएपनि नेपाल तर्फबाट भ्रमणको मिति तय नभएको स्रोतको भनाई छ ।

भारतका लागि नेपाली राजदुत दीपकुमार उपाध्यायले राष्ट्रपतिको संभावित भ्रमण आगामी फागुनमा मात्र संभव रहेको जानकारी गराए । आफुले पाएको जानकारी उदृत गर्दैं उपाध्यायले भने ‘महामहिम राष्ट्रपतिकी कनिष्ठ सुपुत्रीको वैबाहिक संसकार माघ महिनामा परेकोले फागुनमा मात्र भ्रमण संभव देखिन्छ छ ।’ भारतमा एमबीबीएस् अध्ययन पुरा गरेकी कनिष्ठ सुपुत्रीको सासंद किरण यादवका सुपुत्रसँग माघ महिनामा हुने भएको छ । यादव सुपुत्र वर नाता समवन्धमा पूर्व राष्ट्रपति डा.रामवरण यादवका नाती पर्छन् । केही हप्ता अघि नैं राष्ट्रपतिको कार्यलय शितल निवासमा जनै सुपारी कार्यक्रम सम्पन्न भएको थियो ।

यसअघि केपी ओली प्रधानमन्त्री रहदा भ्रमण अन्तिम तयारी रहेका बखत राजनितक परिवर्तनको आभाष भएछि सरकारले नै राष्ट्रपति भण्डारीको भारत भ्रमण रद्द गरिदिएको थियो ।

राजस्थानस्थित उज्ययनमा सम्पन्न १२ बर्षै कुम्भ मेलाको अवसर पारेर राष्ट्रपति भण्डारी भारत भ्रमण गर्नै तयारी भएको थियो । नेपालको आन्तरिक राजनीतिक खिचातानीको कारणले अन्तिम समयमा उक्त भ्रमण रोकिएको थियो ।

यस पटक मिति तय भपछि भ्रमण समपन्न हुने दाबी राजदुत उपाध्यययले गरे । उनले भने–नेपाल सरकारबाट मिति तय भएपछि आवश्यक तयारीका लागि धेरै दिन लाग्ने छैन् । आफुले पाएको जानकारी अनुसार भारत सरकार संभावित भ्रमणको मितिको प्रतिक्षामा रहेको उनले बताए ।

नेपाल भारत समवन्धमा राष्ट्रपति मुखर्जीले नेपाल भ्रमण गरेपछि केही समधुर समवन्ध विस्तार भएको उल्लेख गर्दैं नेपालकी राष्ट्रपति भण्डारीले भारत भ्रमण गरेपछि समवन्धमा अझै प्रगाढता आउने राजनितीक विश्लेषकको भनाई छ । अहिलेसम्मको जानकारी अनुसार राष्ट्रपति भण्डारीको यो भ्रमण नैं पहिलो औपचारिक विदेश भ्रमण हुने भएको छ ।

०७२ असोजमा गणतन्त्र नेपालको संबिधान जारी भएपछि शंका र आशंकामा धमिलिएको नेपाल–भारत सम्बन्ध पूर्वप्रधानमन्त्री केपी ओलीको गत फागुनको भारत भ्रमण पछि सुधारिएको विश्वास दावी गरिएको थियो । तर त्यस लगत्तैं उनले नैं राष्ट्रपतिको भारत भ्रमण अन्तिम समयमा स्थगित गरिदिएका थिए खरिबोट डट कम अनलाइनले खबर प्रकाशित गरेको छ ।