धादिङका सात सरकारी कार्यालयले अनलाइनबाटै सुचना उपलब्ध गराउने

524 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ १५ पुस।  धादिङका सात वटा सरकारी कार्यालयले नागरिकले अनाइनबाटै सूचना मागेमा अनलाइनबाटै सूचना उपलब्ध गराउने उल्लेख गरेको छ ।

बिहीबार सूचना आयोगले आयोजना गरेको कार्यक्रममा जिल्ला विकास समिति, जिल्ला कृषि विकास कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला हुलाक कार्यालय, जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला शिक्षा कार्यालय र भवन तथा शहरी विकास कार्यालयले सूचना अनलाइनबाटै उपलब्ध गराउने जानकारी गराएका हुन् ।

यसैबिच जिल्लाका ३० वटा सरकारी कार्यालयमा सूचना अधिकारी पनि तोकिएको छ । सूचना आयोगका आयुक्त किरण पोखरेलले सूचना अधिकारीहरुको नामावली र सम्पर्क नम्बरसहितको सूचनाको बोर्ड सार्वजनिक गरे ।