नेकपा माअ‍ोवादी केन्द्र धादिङको अध्यक्षमा जमकट्टेल

530 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

salikनेकपा माअ‍ोवादी केन्द्र धादिङको अध्यक्षमा अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय अध्यक्ष शालिकराम जमकट्टेल चयन हुनु भएको छ ।सम्मेलनले बरिष्ठ उपाध्यक्षमा राम बहादुर भण्डारी, सचिव  धनबहादुर बुर्लाकोटी र सहसचिवमा मनराज भण्डारी चुनिएका छन् ।
पुस २३ गते शनिवार देखि शुरु भई सोमवार धादिङबेसीमा सम्पन्न भएको केन्द्रको चौथो जिल्ला अधिबेशनले जमकट्टेलको अध्यक्षतामा ९९ सदस्यिय जिल्ला कमिटीको चयन गरेको हो । अध्यक्षमा चयन हुनु भएका जमकट्टेल यस अघि केन्द्रको धादिङ जिल्ला इन्चार्ज हुनुहुन्थ्यो ।