एक लाख बाँड्न डेढ लाखको हेलिकप्टर

582 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

1-10011-1-mantri-bhandari-10012017075549-1000x0-1पुस २७, २०७३- ताप्लेजुङमा हत्या गरिएका वनरक्षक गणेशबहादुर शाहीका परिवारलाई जाजरकोटमा एक लाख रुपैयाँ हस्तान्तरण गर्न वनमन्त्री शंकर भण्डारीले सहयोग रकमभन्दा बढी खर्चेर मंगलबार सेनाको हेलिकप्टर प्रयोग गरेका छन् । मन्त्री भण्डारी, वन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्य, फरेस्ट टेक्निसिएन्स एसोसिएसन अफ नेपाल (नेफ्टा) का महासचिव प्रेम सापकोटालगायत शाहीको परिवारलाई भेट्न र सहयोग रकम हस्तान्तरण गर्न नेपाली सेनाको हेलिकप्टर लिएर मंगलबार जाजरकोट गएका हुन् यो खबर हामीले इकान्तिपुर बाट लिएका हौं ।

बिहान करिब ९ बजे गएको भण्डारीको टोली साँझ पौने ५ बजे मन्त्रालय फर्किएको मन्त्रालय उच्च स्रोतले बतायो । ‘हेलिकप्टर प्रयोगमा डेढ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ,’ स्रोतले भन्यो । मन्त्रालयका सहायक प्रवक्ता यज्ञनाथ दाहालले मन्त्री भण्डारी र महानिर्देशक आचार्य लगायतको टोलीले मंगलबार मृतक शाहीका परिवार बसोबास गरेको जाजरकोट पुगेर समवेदना र सहानुभूति प्रकट गर्दै एक लाख रुपैयाँ हस्तान्तरण गरेको विज्ञप्तिमार्फत जनाएका छन् ।

netrawati-chhapakhanafront-5महानिर्देशक आचार्यले सेनालाई आग्रह गरिएअनुसार हेलिकप्टर उपलब्ध भएको र परिवारलाई समवेदना एवं सहयोग रकम दिएर मंगलबारै काठमाडौं फर्किएको बताए । नेपाली सेनाका प्रवक्ता ताराबहादुर कार्कीले मन्त्रालयको आग्रहअनुसार आफूहरूले प्रक्रिया पुर्‍याएर हेलिकप्टर दिएको बताए । ‘कुन काममा प्रयोग भएको हो त्यसअनुसार शुल्क निर्धारण हुन्छ,’ कार्कीले भने । मन्त्री भण्डारीले शाहीकी श्रीमतीलाई करार नियुक्तिको पत्रसमेत हस्तान्तरण गरेका छन् । ताप्लेजुङ खोक्लिङ–८ को एक सामुदायिक वनको साधारणसभामा भाग लिन खटिएका बेला पुस १७ गते बिहान खुकुरी प्रहार गरी शाहीको हत्या भएको थियो । उनलाई गत बिहीबारको मन्त्रिपरिषद्ले पहिलो वन संरक्षण सहिद घोषणा गर्दै परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो ।