मुक्तिनाथले पायो आस्वा अनुमति

499 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bank(7)मुक्तिनाथ विकास बैंक लिमिटेडले आस्वा प्रणालीको लागि अनुमति पाएको छ । बैंकको ४७ ओटै शाखा कार्यालयबाट यो सेवा प्रदान गरिने छ ।
अधिकाँश शाखाहरु ग्रामीण र दुर्गम क्षेत्रमा रहेकोले सो भेगमा वस्ने नागरिकहरुले यो सेवा प्राप्त गर्ने छन् । साथै हाल सञ्चालनमा रहेका यस विकास बैँकका ४ वटा सीमित बैँकिङ्ग कार्यालयहरुबाट समेत यो सेवा प्रदान गर्न पहल भइरहेको बैंकले जनाएको छ ।

यस विकास बैँकले हाल काठमाण्डौको कमलादी, पर्साको वीरगञ्ज, धादिङ्गको आदमघाट र ओखलढुँगाको सिद्धिचरणबाट कारोबार शुरु गरी सकेको छ भने केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा केही दिन भित्रमा सञ्चालनमा ल्याउनेछ । ।