हेर्दा हेर्दै घर गल्र्यामगुर्लम्मै ढल्यो

811 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

3धादिङ, १३ माघ – भुकम्पबाट हुने क्षती कमगर्न र घर निर्माण गर्दा ध्यान पु¥याउनु पर्ने बिषयमा सर्वसाधरणलाई सचेत गराउन धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा भुकम्प प्रतिरोधि घरको डेमो प्रदर्शन गरिएको छ ।
सदरमुकाम धादिङबेसीको अति व्यस्त बिचवजार नजिकैको खेलकुद चौरको बीचमा उस्तै देखिने दुईओटा घर प्रदर्शनीमा राखिएको थियो, इट्टा र माटोको जडान गरिएका दुबै घरको छतमा पानी ट्याङ्की पनि राखिएको थियो । एउटा घर पुरै रातो माटोले पोतिएको थियो भने अर्काे घरको भित्तँोमा रंगरोगन गरिएको थिएन । घरको भित्तामा ठाउँ ठाउँमा सेता धर्सा देखिन्थ्यो । सर्वसाधरण पालैपालो दुबै घर नियाली नियाली हेरी रहेका थिए । दुई घर एकैसाथ हल्लिन थाल्यो । पहिले रातो मात्रै देखिएको घरमा राखिएको पानीको ट्याङ्की मात्रै ढलेको थियो । जब घरहरु बेस्सरी हल्लियो सेतो धर्सा देखिएको चाही घर गल्र्यामगुर्लुमै ढल्यो । घर हेरी रहेका सर्वसाधरण मध्ये धेरैलाई भने साँच्चिकै भुकम्प आएको जस्तो लागपनि त्यो केवल प्रदर्शनी भएको कुरा आयोजकले जानकारी दिएपछि मात्रै उनिहरुको ध्यान घरको निर्माणमा भएको कमजोरी तिर पुगेको थियो ।
भुकम्प प्रतिरोधी घर निर्माणका लागि जनचेतना जगाउने उद्धेश्यले भुकम्प सुरक्षा दिवस ,२०७३ को अवसर पारेर अमेरिकी सहायता नियोग युएसआईडि को आर्थिक सहयोगमा सञ्चालित बलियो घर कार्यक्रम अन्र्तगत विहिबार धादिङबेसीमा डेमो प्रदर्शन गर्दाको दृष्य थियो योे । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङ, नीलकण्ठ नगरपालिका, भुकम्प प्रविधि राष्ट्रिय समाज लगायतका निकायले अबको पुननिर्माण भुकम्प प्रतिरोधी बनाऔं भन्ने सन्देश दिन दैवि प्रकोप उद्धार समिति मार्फत डेमो घर प्रदर्शन गरेको हो । जिल्लाका सरोकारवाला निकायका प्रमुखदेखि विद्यार्थी र सर्वसाधरणसम्म प्रदर्शनी हेर्न पुगेका थिए ।
कम्पन मञ्चमा कच्ची र पक्की घरको नमूना राखेर कृत्रिम भूकम्पको धक्का दिएर घरहरु कसरी क्षति पुग्छ भन्ने वारे प्रदर्शनी गरिएको हो । कम्पन दिँदा ढलेको र नढलेको घर हेर्दा खासै फरक थिएन । फरक थियो त नढलेको घरको गारोमा टाइविम, कुनाबन्धन, शिलबन्धन, लिण्डल र बिम कसिएको थियोे, ढलेकोमा केही गरिएको थिएन । हेर्दा उस्तै देखिएपनि घरको गारो (वाल) लगाउँदा बिम र बन्धन राखिएन भने त्यो घर कमजोर हुन्छ । सहरी विकास तथा भवन डिभिजन कार्यालय धादिङका प्रमुख इन्जिनियर दिलिप भण्डारीले भने, निर्माणको बेला केही कुरालाई ख्याल गर्दा पनि भुकम्प प्रतिरोधी घर तथा भवन बन्छ भन्ने सन्देश दिनका लागिे प्रदर्शन गरिएको भण्डारीले वताउनु भयो ।