नौबिसे र भुमेस्थानमा ईलाका स्तरिय योजना तर्जुमा गोष्ठि

741 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

jibisa-dhading-696x489धार्के । जिल्ला विकास समिती धादिङको आयोजनामा धादिङको विभिन्न ठाउँमा सोमबार ईलाका स्तरिय योजना तर्जुमा गोष्ठि भएको छ । आर्थिक वर्ष २०७४/०७५ को वार्षिक योजना तर्जुमाको लागि जिल्ला विकास समितीका सुचना अधिकृत भोला प्रसाद गौतमको अध्यक्षतामा नौबिसे, जिवनपुर र छत्रेदेउराली गाउँ विकास समितीको ईलाका स्तरिय योजना तर्जुमा गोष्ठि नौबिसे ६ खानिखोलामा भएको हो ।
यसैगरी धादिङको भुमेस्थान ६ सिम्लेमा पनि ईलाका स्तरिय योजना तर्जुमा गोष्ठि भएको छ । जिल्ला विकास समितीका आन्तरिक लेखा परिक्षण अधिकृत हरि पाटा मगरको अध्यक्षतामा थाक्रे, तसर्पु, भुमेस्थान र केवलपुर गाविसको ईलाका स्तरिय योजना तर्जुमा गोष्ठि भएको हो ।
गोष्ठि मार्फत ईलाका स्तरिय ठुला योजना प्रत्येक गाविस बाट १/१ वटा, ईलाका स्तरिय मझौला योजनाहरु प्रत्येक गाविस बाट ३/३ वटा, यसैगरी प्रत्येक गाविसबाट लक्षित कार्यक्रम तर्फका योजनाहरु, केन्द्र, विषयगत कार्यालय, गैह्र सरकारी सँस्थाहरुमा कार्यान्वयनको लागि सिफारिस गरिने लगायतका योजना, निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रमका लागि छनौट गरिएका योजनाहरु छनौट गरिएको छ ।
गोष्ठि मार्फत २०७२ सालको भुकम्पबाट क्षति पुगेका सँरचनाको पुननिर्माण गर्न पनि योजनाहरु छनौट भएका छन् ।
ईलाका स्तरिय गोष्ठिमा छनौट गरिएका योजनाहरु पुर्वाधार विकास कार्यक्रम अन्र्तगत योजना समितीको बैठकमा पेश हुने जिल्ला विकास समितीले जनाएको छ । योजना पेश भएपछि जिल्लाका साँसदको अध्यक्षतामा बसेको बैठकले फेरी योजना छनोट गरी बजेट छुट्याईने जिल्ला विकास समितीका सुचना अधिकृत भोला प्रसाद गौतमले बताउनुभयो ।
जिल्ला विकास समिती धादिङले सोमबार देखी सुरु गरेको ईलाका स्तरिय योजना तर्जुमा गोष्ठि यहि माघ २० गते विहिबार सम्म धादिङका विभिन्न ठाउँमा सञ्चालन हुनेछ ।

-नागरिक पाटीबाट