निर्वाचनमा भाग लिन धादिङमा १५ दल दर्ता

510 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १८ माघ- स्थानीय तहको निर्वाचन हुन्छ कि हुंदैन भन्ने अन्यौल कायमै रहेपनि निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा सहभागि हुन इच्छुक दलहरुको बिबरण संकलन गरेको छ ।
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणाको तयारी गरिरहेकै बेला निर्वाचन आयोगले माघ १७ गते सम्म बिबरण सहित दल दर्ता गर्नु पर्ने सूचना जारी गरेकोमा धादिङ जिल्लामा १५ वटा राजनीतिक दलहरुले बिबरण सहित पार्टीको नाम दर्ता गराएका छन ।
धादिङमा दर्ता भएका राजनीतिक पार्टीहरुमा जनजागरण पार्टी नेपाल,हाम्रो पाटी,गान्धीवादी पार्टी नेपाल, नेकपा एमाले,राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाली काँग्रेस, नेकपा माले, नेपाल समावेशी पार्टी रहेका छन ।
यसै गरी विबेकशिल नेपाली दल,राष्ट्रिय शिव सेना पार्टी, नेकपा मओवादी केन्द्र, देशभकत पर्यावरणिय सामाजिक मोर्चा,नयाँ शक्ति पार्टी नेपाल, नेपाल पूर्व राष्ट्र सेवक लोकतान्त्रिक पार्टी, राष्ट्रिय यथार्थवादी पार्टीले पनि जिल्लामा दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका नायव सुव्वा जीवनाथ पोखरेलले जानकारी दिनु भयो । शान्ति पार्टी नेपालले पनि  समयमै बिबरण पठाएको भएपनि केही कागजपत्र अपुग भएकाले उक्त दललाई भने दर्ता नगरिएको निर्वाचन आयोग संग परामर्श लिएर मात्रै सो दलको वारेमा निर्णय लिईने पनि पोखरेलले वताउनु भयो । केन्द्रमा र सम्वन्धित जिल्लामा पार्टी दर्ता गराए मात्र स्थानिय निर्वाचनमा सहभागी हुन पाउने नयाँ निर्वाचन कानूनमा व्यवस्था गरिएको छ ।