खाना पकाउने ग्यासको मूल्य बढ्यो
517 पटक पढिएको
नयाँ मूल्यअनुसार अब प्रतिसिलिन्डरको उपभोक्ता मूल्य एक हजार तीन सय ५० रुपैयाँ कायम भएको छ । निगमका प्रवक्ता भानु खनालका अनुसार अन्तर्राष्ट्रिय मूल्यको आधारमा इन्डियन आयल कर्पोरेसन (आईओसी) ले बुधबार पठाएको नयाँ मूल्यसूचीअनुसार ग्यासको मूल्य वृद्धि गरिएको हो ।
उनले भने, ‘घाटा व्यहोर्न बाध्य हुने भएकाले थोरै मात्रामा मूल्य वृद्धि गर्न बाध्य भएका छौं ।’ उनका अनुसार अहिले प्रतिसिलिन्डरमा एक सय दुई रुपैयाँ वृद्धि भएर आईओसीबाट नयाँ मूल्य सूची आएको छ ।
यसअघि गत भदौ १६ गते प्रतिसिलिन्डर ग्यासको मूल्य एक हजार तीन सय ७५ बाट २५ रुपैयाँ घटाएर एक हजार तीन सय ५० रुपैयाँ मूल्य कायम गरिएको थियो ।