प्रेस चौतारी धादिङको अध्यक्षमा सरोज पौडेल निर्वाचित

912 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबवेसी-प्रेस चौतारी नेपाल धादिङको अध्यक्षमा सरोज पौडेल चयन हुनुभएको छ । प्रेस चौतारी नेपालको १९ औं स्थापना दिवसको अवसर पारेर शनिवार धादिङबवेसीमा सम्पन्न भएको जिल्ला भेलाले पौडेलको अध्यक्षतामा ११ सदस्यिय जिल्ला कार्य समितिको सर्वसम्मत चयन गरेको हो ।
कार्यवाहक अध्यक्ष प्रकाश सापकोटाको अध्यक्षतामा शनिवार धादिङबेसीमा भएको स्थापना दिवस तथा जिल्ला भेलाले समितिको उपाध्यक्षमा सानुबाबु तिमिल्सिना, सचिवमा शंकर श्रेष्ठ, सह सचिवमा राजन सिलवाल,कोषाध्यक्षमा सिर्जना खनाललाई चयन गरेको छ । यसै गरी भेलाले सदस्यहरुमा रामकुमार थापा,आशिष ठकुरी,राजाराम डंगोल,राज ढुंगाना,अर्जुन श्रेष्ठ र सिर्जना खनाललाई चयन गरेको छ ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य खिमलाल भट्टराईको प्रमुख आतिथ्य रहेको थियो भने प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य रामेश्वर कार्की, केन्द्रिय अनुशासन आयोगका सदस्य केशव अधिकारी, नेकपा एमाले धादिङका प्रचार विभाग प्रमुख एवम सामुदायिक रेडियो प्रसारक संघ एकोरावका अध्यक्ष सुवाष खतिवडा,एमाले जिल्ला कमिटि सदस्य इन्द्रबहादुर श्रेष्ठ,परशुराम दुवाडी, ग्रामीण संचार सहकारी संस्थाका अध्यक्ष गोपाल तिवारी, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुलीका साथै चौतारीका पुर्व जिल्ला अध्यक्षहरु सीताराम अधिकारी,गायत्री खतिवडा लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि भट्टराईले केक काटेर कार्यक्रमको उदघाटन गर्नुभएको थियो ।