धार्केमा समिलमा आगलागी,एक करोड बढीको क्षती

843 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Dhading Dharke aaglaai 25463धादिङ । धादिङको नौविसे गाविस वडा नम्बर १ धार्केमा रातको समयमा समिलमा आगलागी हुंदा एक करोड भन्दा बढीको क्षती भएको छ ।
रामकृष्ण आचार्यले सञ्चालन गर्दै आएको जनसेवा समिलमा भएको आगलागीले डेढ करोड बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आइतबार मध्यरात देखी सुरु भएको आगलागी विहान चार बजे पछि नियन्त्रणमा आएको थियो ।

Dhading Dharke aaglaai 25461करेण्ट सर्ट भएर लागेको आगोले समिलमा रहेको प्लाईउर्ड,तयारी फर्निचर र मेसिनहरु र अन्य सर सामान समेत जलेर नष्ट भएको छ । काठमाण्डौंबाट २७ किलोमिटर ननिक भएका कारण आगलागी हुनासाथ काठमाडौबाट दमकल आएको भएतापनि सुकेको काठ र प्लाइउर्डको गोदाम भएको कारण आगो निभाउन निकै हम्मे हम्मे परेको स्थानीयले वताए । आगलागी भएको डेढघण्टापछि सदरमुकाम धादिङबेसीमा रहेको दमकल घटनास्थल पुगेको थियो ।

आगलागी भएपछि सो आगो नियन्त्रणमा लिनका लागि दुईवटा दमकल,इलाका प्रहरी कार्यालय खानिखोला, आदमघाटमा रहेको राजमार्ग सुरक्षा शसस्त्र प्रहरी वलबाट खटिएको शशस्त्र प्रहरी टोली र स्थानिय बासिन्दाको पहलमा करिव चार घण्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागीबाट नजिकै रहेको टायरपसल समेत पुर्णरुपमा नष्ट भएको र दुवै पसलमा गरी १ करोड भन्दा बढी क्षती भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।