logo

जब डीएसपीले एसएसपीको बर्दी फुकाले

772 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

shyambahadur-khatri

काठमाडौं -सुन तस्करसँग साँठगाँठ रहेको अभियोगमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ । २१ पुसमा दुबईबाट आएको ३३ किलो पाँच सय ग्राम सुन त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलको भन्सारबाट पास गराउन उनको संलग्नता रहेको अभियोगमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले प्रहरी प्रधान कार्यालयबाटै आइतबार दिउँसो बर्दीमै उनलाई पक्राउ गरेको हो ।

उनलाई पक्राउ गर्न सीआईबीका डीएसपी प्रविण पोखरेलको टोली गएको थियो । टोली पुग्दा उनी बर्दीमै थिए । सो टोलीले पक्राउका लागि आएको जानकारी गराएपछि उनले बर्दी फुकालेका थिए । सुन तस्करीजस्तो जघन्य अपराधमा प्रहरी प्रधान कार्यालयबाटै समातिएका उनी प्रहरी इतिहासमै पहिलो उच्चपदस्थ अधिकृत हुन् ।

यसअघि पक्राउ परेका विमानस्थल भन्सार कार्यालयका कर्मचारीले दिएको बयानका आधारमा एसएसपी खत्री पक्राउ परेका हुन् । एसएसपी खत्रीलाई ३ माघमै विमानस्थलबाट प्रहरी प्रधान कार्यालय झिकाइएको थियो ।

भन्सारका कर्मचारीहरुसँग उनको संलग्नता देखिएको र सुनलाई विमानस्थलबाट बाहिर पठाउन सहयोग गरेको सीआईबीको अनुसन्धानको क्रममा देखिएकाले तत्कालै नियन्त्रणमा लिइएको सीआईबीले जनाएको छ ।

शंकास्पद मोवाइल नम्बरबाट भन्सारमा कार्यरत अधिकृत श्रीनारायण यादवसँग बारम्बार सम्पर्कमा रहेको र उनले नै सुरक्षाको जिम्मा लिएको पनि सीआईबीले जनाएको छ । ‘तस्करको मुख्य जालोमा पुग्ने एउटा माध्यम फेला परेको छ, यसपछि क्रमशः अन्य सञ्जाल पनि भत्कदै जानेछ,’ सीआईबी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) नवराज सिलवालले भने ।

विमानस्थलको एक्सरे मेसिनको जिम्मा लिएका तथ्यांक अधिकृत श्रीनारायण यादवले एसएसपी खत्रीको नाम लिएपछि विमानस्थलबाट उनलाई प्रधान कार्यालय तानिएको थियो । १५ महिनाअघि धौलागिरी अञ्चल प्रहरी प्रमुखबाट विमानस्थल सरुवा भएका एसएसपी खत्रीको सरुवाको समय भइसकेको थियो । यसअघि उनी लागूऔषध व्यूरोमा कार्यरत थिए । सीआईबीले अहिलेसम्म आठ जनालाई पक्राउ गरिसकेको छ ।

सुन बरामद भएपछि दुवईबाट सुन ल्याउने गोपालबहादुर शाही, तस्करका तर्फबाट लिन आउने दिनबन्धु थापा र सन्तोष काफले र काभ्रेका रामहरि कार्कीलाई पक्राउ गरिएको थियो । साथै भन्सारमा कार्यरत यादव र राजकुमार ढकाल पनि पक्राउ परेका छन् ।

सीआईबीले उनीहरुलाई संगठित अपराधअन्तर्गत ६० दिनको समय लिएर अनुसन्धान गरिरहेको छ । ‘कर्मचारीहरु नै तस्करीमा संलग्न हुन्छन्, उनीहरु राज्यको संयन्त्र दुरुपयोग गरेर तस्करसँग मिलेमतो गर्छन् भने तिनीहरु कडा सजायको भागीदार हुनेछन्, हामी सुन तस्करी र त्यसको जालो नतोडेसम्म अनुसन्धान कायम राख्छौ’, सीआईबी प्रमुख सिलवालले भने ।

तस्करलाई एसएसपी खत्रीले नै संरक्षण गरेको सीआईबीको दावी छ । ‘संरक्षण गर्ने अन्य पनि हुनसक्छन्, यो अनुसन्धान टुंगिएपछि मात्रै सबै विवरण खुलस्त हुनेछ, हामी यस्तै अनुसन्धानको चरणमा छौं, यसको जरोमै पुग्नेछौ’, सीआईबी प्रमुख सिलवालले भने ।

सामाजिक सञ्जालको दुरुपयोग गरी स्काइपबाट सेटिङ गर्दै त्रिभुवन विमानस्थलबाट सुन तस्करी हुने गरेको पनि सीआईबीले जनाएको छ । विमानस्थल प्रहरी तथा भन्सारका अधिकारीलाई तस्करहरुले फोनमा कुरा नगरी स्काइप भाइवर जस्ता सञ्जालबाट आफ्नो काम फत्ते गर्ने गरेको पनि सीआईबी स्रोतले जनाएको छ ।

२० पुसमा एयर अरेवियाको जहाजबाट नेपाल आएका शाहीलाई २१ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा जाँच पास गरेर बाहिर निस्कन लागेको बेला सीआईबीको टोलीले सुन सहित पक्राउ गरेको थियो । प्लाष्टिकले -याप गरेर दुई वटा लगेजमा सुन फेला परेको थियो । लगेजबाट दुई सय ८२ वटा सुनका विस्कुट, औठी र सिक्रीहरु बरामद भएको थियो ।

दुवइमै रहेका गिरोहले सुन पठाउने गरेको प्रहरीले जनाएको छ । हुण्डी कारोबारमा संलग्न युएईमा रहेका नेपालीहरुले नेपालको विमानस्थलमा सेटिङ मिलाएर सुनको तस्करी गर्दै आउने गरेको पनि प्रहरीले जनाएको छ । कारोबारमा संलग्नहरुले नेपाल आउन लागेकाहरुलाई आर्थिक प्रलोभन दिई सुन पठाउने र सुन ल्याउने ब्यक्तिको फोटो खिचेर नेपालको एजेन्टलाई पठाउने र विमानस्थलको सुरक्षा जाँच पास भएपछि नेपालको एजेन्टले सुन लिएर जाने गरेको र विमानस्थलका प्रहरी समेत त्यसमा संलग्न रहेको एसएसपी केसी पक्राउसगै पुष्टि भएको छ यो खबर हामीले राजधानी दैनिकबाट लिएका हौं ।

-२०७३ माघ २४ गते ६.१५ वजे मा प्रकाशित


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic