पत्रकार महासंघका पाँच पूर्व अध्यक्षहरु धादिङमा सम्मानित

810 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

????????????????????????????????????

धादिङ, २६ माघ – मध्यमाञ्चल क्षेत्रबाट नेपाल पत्रकार महासंघको  पाँचजना पूर्व अध्यक्षहरुलाई बुधबार धादिङमा एकै मञ्चमा सम्मानित गरिएको छ ।
सम्मानित हुनेमा हरिहर विरही, डा.सुरेश आचार्य, तारानाथ दाहाल, किशोर नेपाल र धर्मेन्द्र झा रहेका छन् । उनीहरुलाई नेपाल पत्रकार महासंघ मध्यामाञ्चल क्षेत्रीय समितिले सम्मान गरेको हो । बुधबार धादिङबेसीमा आयोजना गरिएको मध्यमाञ्चल क्षेत्रिय भेला तथा सम्मान कार्यक्रममा नेपाल सरकारका उपप्रधान एवं् अर्थमन्त्री कृष्णबहादुर महराले सम्मान पत्र प्रदान गरेका थिए । सम्मानित भएका पाँचैजना मध्यमाञ्चल विकास क्षेत्रबाट महासंघको केन्द्रिय अध्यक्ष भएका हुन् ।
मध्यमाञ्चालका पत्रकार महासंघ जिल्ला शाखाहरु मध्य सबै भन्दा उत्कृष्ठ जिल्लाका शाखाका रुपमा सर्लाही जिल्ला शाखा र २० वर्ष देखि अनवरत पत्रकारिता पेशासँग आवद्ध बाराका पत्रकार सत्यप्रकाश श्रेष्ठ र मकवानपुरका पत्रकार कृष्णराज परियारलाई पनि सम्मान गरिएको छ ।
कार्यक्रमकै अवसरमा नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष डा. महेन्द्र बिष्ट, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केशी र सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)का अध्यक्ष सुवास खतिवडालाई नेपाल पत्रकार महासंघ धादिङको तर्फबाट सम्मान गरिएको छ ।