नेपाल पत्रकार महासंघ कास्कीअध्यक्षमा दीपेन्द्र श्रेष्ठ बिजयी

714 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dipendra-shresthaपोखरा,-नेपाल पत्रकार महासंघ कास्कीमा वामपन्थी तथा प्रगतिशील पत्रकारहरुको वर्चश्व कायम भएको छ ।नेपाल पत्रकार महासंघ कास्कीको शुक्रबार साँझ सम्पन्न दशौं अधिवेशनबाट प्रेस चौतारीका उम्मेदवार दीपेन्द्र श्रेष्ठ अध्यक्ष पदमा बिजयी भएका छन् । उनले नेपाल प्रेस युनियनका रमेश पौडेललाई २२ मत अन्तरले पराजित गरेका हुन् ।
साँझ घोषणा गरिएको चुनावी परिणाम अनुसार, प्रेस सेन्टरका त्रिभुवन पौडेल उपाध्यक्ष बिजयी भएका छन् । उनले नेपाल प्रेस युनियनका यदुनाथ बञ्जारालाई पराजित गरेका थिए । त्यस्तै नेपाल प्रेस युनियनकी बिमला भण्डारीले समावेशी महिलातर्फको उपाध्यक्ष पद जितेकी छिन् । उनले प्रेस चौतारीकी स्मिता अधिकारी र स्वतन्त्र उम्मेदवार ईश्वरी पौडेललाई पराजित गरेकी थिइन् । भण्डारीको निकटतम प्रतिद्वन्द्वी भने प्रेस चौतारीकी अधिकारी रहेकी थिइन्
प्रेस सेन्टरका रामप्रसाद तिमिल्सिनाले नेपाल प्रेस युनियनका बासुदेव मिश्रलाई पराजित गरी सचिव पदमा बिजयी भएका छन् । नेपाल प्रेस युनियनका बसन्तराज अधिकारीलाई पराजित गर्दै प्रेस सोसाइटीका सञ्जयकुमार मल्ल कोषाध्यक्ष पदमा बिजयी भएका छन् ।
त्यस्तै खुल्ला सहसचिव पदमा भने स्वतन्त्र पत्रकार संघका दिननाथ बरालले क्रान्तिकारी पत्रकार संगठनका फडिन्द्र अकिञ्चनलाई पराजित गरेका छन् । त्यस्तै समावेशी जनजातितर्फ गीता रानामगर ( १५९) र समावेशी महिलातर्फ उमा आलेमगर (१६४ ) बिजयी भएका छन् ।
नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य पदमा सुरेन्द्र पौडेल,  रञ्जन अधिकारी क्षेत्री, एकराज गिरी, कृष्ण दवाडी मनोज घर्तीमगर, कमल पौडेल अथक, प्रकाश ढकाल र सुरज श्रेष्ठ बिजयी भएका छन्
नेपाल पत्रकार महासंघ कास्कीको कार्यसमिति सदस्य पदमा कूल २९४ खसेको थियो ।
खसेको २९४ मध्ये रञ्जन अधिकारीले १८० सुरेन्द्र पौडेल९१८५०, एकराज गिरी ९१७४०, कृष्ण दवाडी९१६७०, मनोज घर्ती मगर ९१५८०, कमल पौडेल अथक ९१४८०, प्रकाश ढकाल ९१३१०, सुरज श्रेष्ठ ९१२८० मत प्राप्त गरेका थिए ।
नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघको कार्यसमितिमा समावेशी महिला उपाध्यक्ष बिमला भण्डारी तथा सदस्यहरु मनोज घर्तीमगर, कमल पौडेल अथक, प्रकाश ढकाललाई बिजयी गराउन सफल भएको छ ।