बाजी हारेपछि टेनिस सून्दरी समर्थकसँग डेटिङमा

1017 पटक पढिएको

७ फाल्गुन २०७३, शनिबार ०६:०१ सम्पादक: धादिङ न्यूज

busard-fanबिबिसी हिन्दीका अनुसार युएस सुपर बाउलको एटलान्टा फाल्कन र इंग्ल्याण्ड प्याट्रियट्सविचको प्रतिष्पर्धामा बुचार्डले ट्विट गरेर फाल्कनले खेल जित्ने दावी गरिन्। उनले जुन समयमा ट्विट गरेकि थिइन् त्यो बेला फाल्कन २१—० ले अगाडि थियो। त्यसैले उनले ट्विट गरेर यो भविष्यवाणी गरेकी थिइन्।

त्यहीबेला उनको एक प्रशंसक जोन जोहर्कले ट्विट गरेर पैट्रियटले खेल जित्ने दावी गर्दै उनीसँग बाजीको सर्त लगाए। सर्त थियो पैट्रियटले खेल जिते उनीसँग डेटमा जाने। बुशार्डले उनको सर्त स्विकार गरिन्। खेल उल्टियो र पैट्रियट्सले खेल जित्यो। सर्त अनुसार बुशार्डले आफ्नो प्रशंसकसँग डेटमा गइन् र टुइट गर्दै तस्विर सार्वजनिक गरिन्।

क्यानडाकी टेनिस सून्दरी युजिनी बुशार्डले एउटा अनौठो बाजी हारेकी छिन् । उनले एक समर्थक संग खेल हारे डेटिङ जानुपर्ने बाजी लगाएकी थिइन् ।खेलमा बाजी हारिन्। बाजी हार्दा उनले सो समर्थकसंग डेट जानु परेको हो ।