एकाबिहानै भूकम्पको धक्का, बेनिघाट केन्द्रबिन्दु,

3494 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

cropped-dhading-map-e1459674145990-1-300x300धादिङ । लामो समय पछि शनिवार विहानै  धादिङ र आसपासको जिल्लाका वासिन्दाले भुकम्पको धक्का महसुस गरेका छन । धादिङको वेनिघाट केन्द्र बनाएर शनिवार बिहानै  भूकम्पको गएको छ । बिहान ६ बजे धादिङको बेनिघाट केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। केन्द्रले शनिबारको धक्कालाइ परकम्प भनेको छ ।गत वर्ष(२०७२) वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि ४ वा त्यसमाथिका रेक्टर स्केलका हालसम्म ४ सय ७७ परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्पमापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनु भयो  ।

शनिवार विहानको भुकम्पको धक्काले कुनै क्षती पुगेको जानकारी आएको छैन ।