यस्ता हुनेछन् स्थानीय निकायका जनप्रतिनिधि

463 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 nirwachan-aayog_qyr4d6RmO2काठमाडौं : १९ वर्षपछि हुन लागेको स्थानीय निर्वाचनमा देशभरिबाट ३४ हजारभन्दा बढी प्रतिनिधि निर्वाचित हुनेछन्। निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार करिब १ करोड ३८ लाख मतदाता हुनेछन्। स्थानीय तहअन्तर्गतका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र प्रत्येक वडामा ४,४ सदस्य निर्वाचित हुनेछन्। स्थानीय तह प्रमुख÷उपप्रमुखमध्ये एक महिला उम्मेदवार हुनैपर्छ, वडा समितिमा दुई महिला सदस्यमध्ये एक दलित महिलाको सिट आरक्षित छ। स्थानीय तह पुन: संरचना आयोगको सिफारिसअनुसार ४६२ गाउँपालिका, २४१ नगरपालिका १२ उपमहानगरपालिका र ४ महानगरपालिका गरी ७१९ स्थानीय तह छन्। गाउँपालिकामा ५ देखि २१ वडा र नगरपालिकामा ९ देखि ३५ गरी जम्मा ६,५५३ वडा हुनेछन्। प्रत्येक वडामा अध्यक्षसहित निर्वाचित हुने जनप्रतिनिधिको संख्या ५\५ हुनेछ। गाउँपालिका र नगरपालिकामा एक\एक प्रमुख, उपप्रमुख हुनेछन्। यस हिसाबले स्थानीय तहमा ३४ हजार २ सय ३ प्रतिनिधि निर्वाचित हुनेछन्।   यसैबीच सरकारले स्थानीय निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले तोकिएकै मितिमा स्वतन्त्र र निस्पक्ष चुनाव गराउने बताएको कान्तिपुर दैनिकमा खबर छ ।