पत्रकार महासंघ धादिङमा नवराज छत्कुलीको टिमनै विजयी

1028 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको अध्यक्षमा नवराज छत्कुली निर्वाचित भएका छन् ।प्रेस चौतारी नेपाल र प्रेस सोसाईटी मिलेर वनेको प्यानलले कार्य समिति र केन्द्रिय पार्षदमा सबै पदमा जित हासिल गरेको हो ।

मंगलबार धादिङबेसीमा सम्पन्न १९ औ वार्षिक साधारणसभा तथा ८ औँ जिल्ला अधिवेशनले छत्कुलीको अध्यक्षमा आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रेस चौतारी र प्रेस सोसाइटीको संयुक्त प्यानलबाट उम्मेदवारी दिएका छत्कुलीले प्रेस युनियन र प्रेस सेन्टरको संयुक्त प्यानलबाट उम्मेदबारी दिएका पोषनाथ अधिकारीलाई ७ मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् । कार्यसमिति सदस्य र केन्द्रिय पार्षद सबै छत्कुलीको प्यानलबाट विजयी भएका छन् ।

उपाध्यक्षमा गोविन्द बुढाथोकी(सोसाईटी), महिला उपाध्यक्षमा गायत्री खतिवडा(चौतारी), सचिवमा राजाराम शर्मा(चौतारी), कोषाध्यक्षमा शंकर श्रेष्ठ(चौतारी), सहसचिवमा रामबहादुर (आशिष) ठकुरी (चौतारी)र सरिता श्रेष्ठ(चौतारी) निर्वाचित भएका छन् ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा अर्जुन श्रेष्ठ(चौतारी), रामकुमार थापा(चौतारी), प्रतिभा पराजुली(सोसाईटी), सुनिता बाग्दास(चौतारी), माधव घले(चौतारी), लालकाजी श्रेष्ठ(चौतारी), प्रविण तिमिल्सिना(सोसाईटी), राजाराम डंगोल (चौतारी)निर्वाचित भएका छन् ।

16865033_1287524578003419_4681472237249380296_nत्यस्तै केन्द्रिय पार्षदहरुमा सुवास खतिवडा(चौतारी), केशव अधिकारी(चौतारी), रामेश्वर कार्की(चौतारी), सरोज पौडेल(चौतारी), सुर्दशन खतिवडा(सोसाईटी), सानुबाबु तिमिल्सीना(चौतारी), कपिलदेव सापकोटा(चौतारी), राधिका सापकोटा(चौतारी), फणिन्द्र सिलवाल(चौतारी), रामचन्द्र रुपाखेती(चौतारी), राजेन्द्रकुमार बस्नेत(चौतारी), एशोदा नेपाल(चौतारी), उद्धव चेपाङ(चौतारी), भुवन पौडेल(चौतारी), सुनिता सिम्खंडा(चौतारी), भरत रेग्मी(चौतारी), सुशिला अर्याल(चौतारी), रामचन्द्र खतिवडा(सोसाईटी), रामहरि त्रिपाठी(सोसाईटी) निर्वाचित भएका छन् ।