४३ जिल्लामा पत्रकारको चुनाव सकियो, २४ जिल्लामा चौतारीकाे नेतृत्व

483 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

4_11काठमाडौं । नेपाल पत्रकार महासंघले ४३ वटा जिल्ला शाखाहरुको चुनावी परिणाम आएको जनाएकाे छ । काठमाडौ, भक्तपुर, ललितपुर, प्रतिष्ठान र एशोसिएटको चुनाव हुन बाँकी छ । यस्तै करिब १४ जिल्लामा सदस्यता विवादका कारण निर्वाचन हुन बाँकी छ । सोमबार बिहानसम्मको परिणामअनुसार एमालेनिकट पत्रकारहरुको संगठन प्रेस चौतारी अगाडि देखिएको छ । चौतारीले २४ जिल्लामा अध्यक्ष जितेको छ । नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनियनले १३ जिल्लामा जिल्ला अध्यक्ष जितेको छ । सुदुरपश्चिमका केही जिल्लामा सोमबार निर्वाचन हुँदैछ ।
त्यस्तै माओवादी निकट पत्रकार संगठन प्रेस सेन्टरले ४ वटा जिल्लामा अध्यक्ष जितेको छ । डा.बाबुराम भट्टराईनिकट प्रेस सोसाइटीले एउटा जिल्लामा अध्यक्ष जितेेको छ । रुकुम महासंघले नयाँ शक्तिबाट अध्यक्ष हात पारेकाे छ । त्यस्तै उपेन्द्र यादव नेतृत्वको संघीय प्रेस फोरमले ओखलढुंगामा शाखा अध्यक्ष जितेको छ । महोत्तरीमा मधेसी गठबन्धनबाट निर्वाचित भएका छन् । सदस्यता विवादका कारण १४ जिल्लामा निर्वाचन स्थगित भएको छ । मनाङ/मुस्ताङमा मौसमका कारण निर्वाचन हुन सकेको छैन । बाजुरा, बझाङ, बैतडी डडेलधुरा र कञ्चनपुर लगायतका जिल्लाको नतिजा आउनेक्रममा छ । सोमबार यी जिल्लामा अधिवेशन भइराखेको छ ।