युवा संघ धादिङको अध्यक्षमा दिपक खतिवडा विजयी

601 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

17156339_1226801577437716_3534143558355567202_nधादिङ । युवा संघ नेपाल धादिङको अध्यक्षमा दिपक खतिवडा विजयी भएका छन । अध्यक्ष पदका प्रत्याशि प्रज्वल तामाङलाई पराजित गर्दै खतिवडा अध्यक्षमा विजयी भएका हुन । मंगलबार राती सम्पन्न युवा संघको सातौं अधिबेशनबाट खतिवडाको नेत्तृत्वमा नयाँ कार्य समितिको चयन भएको हो ।
अधिबेशनबाट कार्य समितिको उपाध्यक्षमा सूर्य गुरुङ,सचिवमा काजी श्रेष्ठ,सह सचिवमा इमान तामाङ र कोषाध्यक्षमा ज्ञानु कंडेल चयन भएका छन । अध्यक्ष पदमा विजयी खतिवडाले १५५ र प्रज्वल तामाङले ११९ मत पाएको निर्वाचन समितिले जनाएको छ ।