गच्छदार फागुलगत्तै सरकारमा सहभागी हुने

751 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

bijay_20150227060215

काठमाडौं, २९ फागुन । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक मधेसीहरूको सबैभन्दा ठूलो पर्व फागुलगत्तै सरकारमा सहभागी हुने भएको छ ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने अल्टिमेटम दिएपछि गच्छदारलाई सरकारमा ल्याउन गठबन्धन राजी भएको हो ।मोर्चाले सरकारलाई आफूले दिँदै आएको समर्थन चैत १ पछि स्वतः समाप्त हुने भन्दै अल्टिमेटम दिएको छ ।

मोर्चाको यो अल्टिमेटमपछि दाहाल नेतृत्वको गठबन्धन सरकारले आफ्नो स्थानसमेतलाई गम्भीरताका साथ विश्लेषण गर्दै गच्छदारलाई सरकारमा ल्याउन लागेको हो ।

प्रधानमन्त्री दाहाल र फोरम लोकतान्त्रिकका अध्यक्ष गच्छदारबीच शनिबार बिहान भएको भेटमा गच्छदारले उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नेतृत्वको दाबी गरेका थिए ।

तर प्रधानमन्त्री दाहालले सूचना तथा सञ्चार मन्त्रालय र अर्को सिँचाइ मन्त्रालय दिने प्रस्ताव राखेका थिए । कांग्रेस आफ्नो भागमा परेको सिँचाइ मन्त्रालय फोरम लोकतान्त्रिकलाई दिन राजी भएको दाबी स्रोतको छ ।

संविधान संशोधन गरी असन्तुष्ट मधेसी मोर्चालाई मूल धारमा ल्याएर स्थानीय तहको निर्वाचन गराउन यतिबेला माओवादी केन्द्र अर्थ र कांग्रेस गृहबाहेक कुनै पनि मन्त्रालय छाड्न तयार छन् ।