logo

होलीको दिन २४ घण्टामा एक विदेशीसहित १७ को ज्यान गयो

645 पटक पढिएको

सम्पादक: Dhading News

धादिङ ३० फागुन । धादिङको पिडा गाविस वडा नम्बर ४ का खेमराज तिमिल्सिनाको आईतबार साँझ गोठ भत्किएर च्यापिंदा मृत्यु भएको छ । त्यसोत फागु पुर्णिमाको दिनको बितेका २४ घण्टामा देशका विभिन्न १५ स्थानमा भएका आगलागी, आपराधिक घटना, सवारी दुर्घटना,दुर्घटना र भवितव्यमा एक जना इजरायली नागरिकसहित १७ जनाको मृत्यु भएको छ ।

काभ्रेको पनौतीमा कुटपिट, बाजुरामा छोराको बञ्चरो प्रहारजस्ता जघन्य अपराध, रौतहट, धनुषा र नवलपरासीमा सवारी दुर्घटना, कपिलवस्तुमा आगलागी, कैलालीमा पर्खालले पुरेर, भक्तपुरमा इनारमा डुबेर तथा कास्कीमा हृदयाघातबाट एक जना इजरायली नागरिकको मृत्यु भएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका पनौती नगरपालिका–२ स्थित ढलेश्वर क्रसर उद्योगमा काम गर्ने सोही नगरपालिका गोकुले–४ का २६ वर्षीय सोमबहादुर घलानको मध्यपुर अस्पताल ठिमीमा उपचारका क्रममा आज मृत्यु भएको हो । त्यसैगरी, बाजुरा गुदुखाटी–४ बस्ने ६० वर्षीय नाथ चदारालाई उनकै छोरा २३ वर्षीय लोकेश चदाराले आज बन्चरो प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।

रौतहट चन्द्रपुर नगरपालिका–१ स्थित वीरेन्द्र राजमार्गमा बसले ठक्कर दिँदा ४० वर्षीय पैदलयात्री लालु मन्सुरी, धनुषाको मिथिला नगरपालिका–९ महेन्द्र राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सर्लाही, भद्रपुर–४ का ३५ वर्षीय किसुनदेव राय, नवलपरासीको गैँडाकोट नगरपालिका–१० भेंडाबारी मुनाचोकको भित्री सडकमा मोटरसाइकल पल्टँदा सोही नगरपालिका–१३ बस्ने २२ वर्षीय पर्शुराम महतोले ज्यान गुमाएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका–१ तिनतिरेस्थित दिलमाया रोक्काको गोठमा शनिबार आगलागी हुँदा गोठमा सुतिरहेका उनका छिमेकीको छोरा ११ वर्षीय विक्रम पुन र अर्घाखाँची, सिद्धारा–६ बस्ने १० वर्षीय सन्दिप कुमालको घटनास्थलमै मृत्यु भएको थियो ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–१३ दुवाकोट बस्ने ४६ वर्षीय राजेन्द्र खड्का सोही ठाउँस्थित इनारमा डुबेर मृत्यु भएको अवस्थामा आज फेला परेको, स्याङ्जाको अर्जुनचौपारी–६ तल्लो खाल्टे बस्ने ६० वर्षीय वीरबहादुर रोक्का सोही ठाउँको झाँक्री खोलामा आज मृत भेटिएका तथा स्याङ्जाकै तिनदोबाटे–४ आमबोट बजारस्थित स्वास्थ्य स्वयम्सेविका भवनको पेटीमा करिब ४५ वर्षका परिचय नखुलेका पुरुष मृत अवस्थामा आज नै भेटिएका छन् ।

मकवानपुरको आमभञ्ज्याङ–५ भालुखोलास्थित आरजीआई पोल्ट्री फर्ममा काम गर्ने मकवानपुर, गढी–८ बस्ने ४४ वर्षीय सुकराम पाख्रिन र मकवानपुर, हेटौँडा उपमहानगरपालिका–२९ नेवारपानी बस्ने २७ वर्षीय कुमार प्रजा तथा पोखरा महानगरपालिका–६ लेकसाइडस्थित होटल ड्रिम इनमा विगत चार महिनादेखि बस्दै आएका इजरायली नागरिक २० वर्षीय इलाड लुपर आज ओछ्यानमै मृत अवस्थामा आज भेटिएका प्रहरीले जनाएको छ ।

सल्यानको बागचौर नगरपालिका–६ का ५१ वर्षीय डम्बरबहादुर वली, बाग्लुङको बोबाङ–२ खहरेखोलाको भिरमा बोबाङ–३ की ४० वर्षीया डोरमाया पुनमगर, बनेपा नगरपालिका–१० स्थित एलोरेन बस बडी ग्यारेजमा काम गर्ने बारा कलैया नगरपालिका–१० का १८ वर्षीय जितेन्द्र दासलाई बाटोमा लडिरहेको अवस्थामा भेटिएपछि शिर मेमोरियल अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको तथा कैलालीको टीकापुर नगरपालिका–९ मा सेफ्टी ट्याङ्की निर्माण गर्ने पर्खाल भत्केर पुरिँदा मुनुवा–५ का ५० वर्षीय रामगुलाम चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।


slot deposit qris nexus slot mahjong slot
ninja slot olympus slot spaceman pragmatic slot demo wisdom of athena situs slot raffi ahmad gacor maxwin 5000 login demo rujak bonanza