सरकारले निर्धारण ग¥यो २०७४ सालको सार्वजनिक विदा

2252 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ , चैत्र २ – नेपाल सरकारले बिक्रम सम्बत २०७४ सालका लागि सार्वजनिक बिदा निर्धारण गरेको छ । सरकारले पृथ्वी जयन्तीदेखि क्रिसमस डेसम्म सार्वजनिक विदा दिने निर्णय गरको छ । बैसाख १ गतेदेखि २०७४ साल चैत मसान्तसम्म १ बर्ष भरिमा देहाय बमोजिमको सार्वजनिक विदाको निर्धारण गरेको छ ।

महिना अनुसार १२ महिनामा कुन कुन दिन सार्वजनिक बिदा छ त हेरौ :


बैशाख :

१. वैशाख १ – नयाँ बर्ष (शुक्रवार)
२. वैशाख १८ – विश्व मजदुर दिवस ( सोमबार)
३. वैशाख २७- बुद्ध जयन्ती/ उभौली पर्व ( बुधवार )

जेष्ठ :

१. जेष्ठ १५ – गणतन्त्र दिवस ( सोमवार )

श्रावण :

१. श्रावण १३- जनै पुर्णिमा, रक्षा बन्धन (शुक्रवार)
२. श्रावण २४ – गाईजात्रा (मंगलवार)
३. श्रावण ३० – श्री कृष्ण जन्माष्ठमी ( सोमवार )

भाद्र :

१. भाद्र ८ – हरितालिका तीज (बिहिवार) (महिलाका लागि मात्र)
२. भाद्र १०- ऋषीपञ्चमी ( शनिवार) (महिलाका लागि मात्र)
३. भाद्र १३ – गौरापर्व (मंगलवार)
४. भाद्र २८ – जितिया पर्व ( बुधवार) (जितिया पर्व मनाउने कर्मचारीहरुको लागि मात्र)
५. इस्लाम धर्मावलम्बीहरुको पर्व ईद उल फित्रको दिन
६. भाद्र २०- ईन्द्रजात्रा ( मंगलवार)
७. भाद्र २२ – निजामति सेवा दिवस ( निजामती कर्मचारीहरुका लागि , बिहिवार)

असोज :

१. असोज ३ – संविधान दिवस ( मंगलवार)
२. असोज ५ – घटस्थापना ( बिहिवार )
३. असोज ११ देखि १६ गतेसम्म – फूलपाती देखि द्वादशीसम्म( बुधवार देखि सोमवार)
४. असोज १९ – कोजाग्रत पुर्णिमा (बिहिवार)

कार्तिक :

१. कार्तिक २- लक्ष्मी पुजा ( बिहिवार)
२. कार्तिक ३ – गोबर्धन पुजा ( शुक्रवार )
३. कार्तिक ४ – भाईटिका ( शनिवार )
४. कार्तिक ९ – छठपर्व ( बिहिवार)
५. इस्लाम धर्मावलम्बीहरुको पर्व बकर ईदको दिन
५. कार्तिक १८ – गुरु नानक जयन्ती ( शनिवार , सिख धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागी)
६ . कार्तिक २५ – फल्गुनानन्द जयन्ती ( शनिवार किरात धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागी )

मङ्सिर :

१. मंङसिर १७ – उधौली पर्व / योमरी पुन्ही / ज्यापू दिवस ( आइतवार )
२. मंगसिर १७ – अन्तराष्ट्रिय अपाङ्ग दिवस ( आइतवार , अपाङ्ग कर्मचारीहरुका लागि मात्र )

पौष :

१. पौष १०- इशाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डे ( सोमवार)
२. पौष १५- तमु ल्होसार ( शनिवार)
३. पौष २७- पृथ्वी जयन्ती (बिहिवार)

माघ :

१. माघ १- माघी पर्व (सोमवार)
२. माघ ४- सोनाम ल्होछार ( बिहिवार)
३. माघ ८ –बसन्तपञ्चमी ( सोमवार)
४. माघ १६ – शहीद दिवस ( मंगलवार )

फाल्गुण :

१. फाल्गुन २ – महाशिवरात्री ( बुधवार)
२. फाल्गुन ४ – ग्याल्बो ल्होसार ( शुक्रवार)
३. फाल्गुन ७ – राष्ट्रिय प्रजातन्त्र दिवस ( सोमवार)
४. फाल्गुण १७ गते र १८ गते – होली ( १७ गते पहाडमा र १८ गते तराईमा) (बिहिवार र शुक्रवार)
५. फाल्गुण २४ – अन्तराष्ट्रिय महिला दिवस (बिहिवार)

चैत्र :

१. चैत ३- घोडेजात्रा ( शनिवार)
२. चैत्र ११ – रामनवमी ( आइतवार )
३. चैत्र १५- महावीर जयन्ती (बिहिवार, जैन धर्मावलम्बीहरुका सरकारी कर्मचारीहरुको लागी)