गैरसरकारी र सरकारी निकायबाट आचारसंहिताको उल्लंघन

592 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

IMG_7374धादिङ । निर्वाचन आचारसंअिहता लागु भइसकेको अवस्थामा जिल्लामा सरकारी र गैरसरकारी पक्षबाट निर्बाचन आचारसंहिता उल्लंघन भइरहेको नागरिक समाजका अगुवाहरुले बताएका छन् ।
आचारसंहिता विपरित गैरसरकारी संस्थाहरुले नयाँ कार्यक्रम संचालन गर्ने र कर्मचारी भर्ना गरि राहतका कार्यक्रमहरु गर्ने, संस्थाहरुले गर्ने कार्यक्रममा राजनीतिक दलका नेृताहरुलाई बोलाएर विभिन्न दलको विरोध तथा समर्थन गर्ने जस्थता कार्यहरु भइरहेको नागरिक समाजका अगुवाहरुले बताएका हुन् । निर्वाचन आयागले फागुन १८ गतेदेखि निर्वाचन आचारसंहिता लागु गरेको छ ।
युएसएआइडीको सहयोगमा एएचआइ ३६० संगको साझेदारीमा इन्सेकले मंगलबार आयोजना गरेको नागरिक समाजको सकारात्मक छबि निर्माणको सवाल विषयक अन्तरक्रिया कार्यक्रममा नागरिक समाजले पछाडी पारिएका नागरिकको आवाज उठाउन पहल गर्ने बताइएको थियो ।
कार्यक्रममा नागरिक समाजका व्यक्तिहरु पार्टीको झण्डा नबोक्ने, स्वतन्त्र रुपमा निर्वाचन लगायतका पर्यवेक्षण तथा अनुगमन गर्ने, पछाडी पारिएका नागरिकहरुलाई जागरुक पारी उनिहरुको अधिकारका लागि लागि पर्ने प्रतिवद्धता गरिएको छ ।
नागरिक समाज, नागरिक समाजको आचारसंहिता, स्थानीय निर्वाचन तथा निर्वाचन आचारसंहिता, स्थानीय तह, यसको संरचना, अधिकारका बारेमा नागरिक समाजका प्रतिनिधिहरुबीच छलफल भएको थियो ।