नेकपा एमाले गल्छी गाउँ पालिकाको संयोजकमा केदारनाथ खतिवडा

1639 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

17426172_1004512639650461_5983140086887099903_nनेकपा एमाले गल्छी गाउँ पालिकाको संयोजकमा केदारनाथ खतिवडा चयन हुनुभएको छ । साविकको बैरेनी, कल्लेरी र गोगनपानी गाविस एमाले गाउँ पार्टी कमिटीको संयुक्त बैठकले गाउँपालिका स्तरीय कमिटिको गठन गरेको हो । शुक्रवार बैरेनीमा सम्पन्न भएको तीन वटा गाउँ कमिटिको संयुक्त बैठकले खतिवडाको संयोजकत्वमा २७ सदस्यिय गाउँपालिका कमिटीको तदर्थ समिति गठन गरेको हो । खतिवडा नेकपा एमाले धादिङ जिल्ला कमिटिका पुर्व सदस्य एवम कल्लेरी गाविसका निवर्तमान अध्यक्ष समेत हुनुहुन्छ । यसै गरी एमाले जिल्ला कमिटीका सदस्य एवम बैरेनी गाविसका निवर्तमान अध्यक्ष कृष्णहरी श्रेष्ठ कमिटिको उप संयोजक चयन हुनु भएको छ ।   दुई जना उप संयोजक मध्ये युवा नेता धर्मजित लामा गोगनपानी गाविसका हुनुहुन्छ ।
बैशाख ३१ को स्थानीय निर्वाचनलाई लक्षित गरी एमाले गल्छी गाउँ पालिका कमिटीले साविकको तीन वटै गाविसका विभिन्न स्थानमा पुगेर आम सभा गर्ने जनाएको छ ।
जस अनुसार चैत १४ गते चिरौंदी भन्ज्याङ कालिका मन्दिर,१६ गते विर्ताडाँडा गुम्बा,१७ गते मछेडी ठाडे,१९ गते गोगनपानी गाविस भवन,२३ गते डुम्रिचौर मैदान,२४ गते कल्लेरी बरभन्ज्याङ र २५ गते आम डाँडामा एमालेको आमा सभाको तयारी गरिएको नेकपा एमाले गल्छी गाउँपालिका कमिटीका उस संयोजक कृष्णहरी श्रेष्ठले धादिङ न्यूजलाई जानकारी दिनु भयो ।