धादिङमा माओवादी केन्द्र र नेकपा (क्रान्तिकारी) विच एकता

816 पटक पढिएको

१६ चैत्र २०७३, बुधबार १२:०१ सम्पादक: धादिङ न्यूज

17626571_1475468822487414_8374844114970846507_nमोहन वैद्य ‘किरण’ निकटको (क्रान्तिकारी) माओवादी जिल्ला समिती धादिङ र  प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्र धादिङ विच  एकता भएको छ ।

बुधवार जिल्लामा एक कार्यक्रमको आयोजना गरि पार्टी एकता गरिएको माओवादी केन्द्र धादिङका सह–सचिव मनराज भण्डारीले जानकारी दिए ।

एकता भए सँगै क्रान्तिकारी माओवादीका हरि अधिकारी, मंगवहादुर तामाङ, रामकृष्ण धरेल, केदार थापा, सुवास वि.क.(विद्यार्थी अध्यक्ष) ज्ञान वहादुर घले, मानबहादुर तामाङ, गणेश घले मदन तामाङ, चन्द्र बहादुर घले, पदम तामाङ, गोपाल रिजाल, सुर्यमान तामाङ, राजन श्रेष्ठ, स्याम तामाङ सहित १९ सदस्यिय कमिटी मध्ये १६ सदस्य माओवादी केन्द्र सँग एकता भएको हो । एकता कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य पुष्प विक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो भने अर्का पोलिट व्युरो सदस्य ,धादिङका अध्यक्ष  शालिकराम जम्कटेलको विषेश आतिथ्यता रहेको थियो ।