धादिङमा १०९ मतदान केन्द्र कायम-कुल दुई लाख ६ हजार ४५ मतदाता

2747 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Mat-Petikaa.-369x375

धादिङ,१७ चैत : आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि धादिङ जिल्लाभर १०९ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय, धादिङले जनाएको छ ।
धादिङ जिल्लामा नयाँ संरचना अनुसार दुईवटा नगरपालिका, नौवटा गाउँपालिका रहेका छन । यस अघि जिल्लामा ४६ गाविस र १ नगरपालिका कायम रहेको थियो । गत संविधान सभा निर्वाचनका लागि धादिङ जिल्लामा ३ सय २२ मतदान केन्द्र कायम गरिएको थियो । तीन वटा निर्वाचन क्षेत्र रहेको धादिङ जिल्लाको क्षेत्र नम्बर १ का २० गाविसमा ९९ सय वटा,क्षेत्र नम्बर २ का १६ गाविसका लागि १ सय १३ र क्षेत्र नम्बर ३ का १४ गाविसका लागि १ सय ९ वटा मतदान केन्द्र रहेका थिए ।
यस पटक जिल्लामा एक लाख २ हजार ९ सय ६८ पुरुष, एक लाख ३ हजार ७६ महिला र १ जना तेस्रोलिङ्गी गरी कुल दुई लाख ६ हजार ४५ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय धादिङका कार्यालय प्रमुख इश्वर सिम्खडाले वताउनु भयो । नयाँ संरचना अनुसार जिल्लाको खनियाबास गाउँपालिकामा ७ हजार २ सय ५६,गंगाजमुना गाउँ पालिकामा १४ हजार ५ सय २३,गल्छी गाउँ पालिका १५ हजार ४ सय ९७,गजुरी गाउँ पालिकामा १४ हजार १ सय ९७,ज्वालामुखी गाउँ पालिकामा १७ हजार ३ सय २४ र त्रिपुरासुन्दरी गाउँपालिकामा १५ हजार १ सय २९ जना मतदाता रहेका छन ।
त्यसै गरी थांक्रे गाउँ पालिकामा २० हजार ९ सय २०,धुनीबेसी नगरपालिकामा २० हजार ८८१,नीलकण्ठ नगरपालिकामा ३३ हजार १००,नेत्रावती गाउँपालिकामा ८ हजार ६ सय ८४,बेनिघाट रोराङ गाउँ पालिकामा १६ हजार ९६७, रुवीभ्याली गाउँ पालिकामा ५ हजार ८८८ र सिद्धलेक गाउँपालिकामा १५ हजार ६७९ जना मतदाता रहेका छन ।
विगत २०७० सालमा सम्पन्न भएको दोस्रो संविधानसभाको निर्वाचनमा धादिङमा एक लाख ७१ हजार ३७ जना मतदाता रहेका थिए ।

कुन कुन ठाउँमा तोकिए केन्द्र थप जान्नका लागि यहाँ हेर्नुहोस 

4

1 2 3