शेरबहादुर देउवाविरुद्ध सर्वोच्चमा मुद्दा दायर

877 पटक पढिएको

२० चैत्र २०७३, आईतवार २०:५६ सम्पादक: धादिङ न्यूज

sher काठमाडौं । अदालतको अपहेलना गरेको भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

अधिवक्ता हरिप्रसाद मैनालीले आइतबार दायर गरेको रिटमा कांग्रेस र देउवालाई विपक्षी बनाइएको छ ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको पछिल्लो बैठकले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) नियुक्ति विवादमा सर्वोच्चले गरेको फैसलालाई सरकारको कार्यकारिणी अधिकारमा हस्तक्षेप भनेको थियो ।

कांग्रेसको यो निर्णयले जनमानसमा भ्रम सिजना गर्नुका साथै अदालतको मानमदर्न भएको रिट निवेदकको दाबी छ । रिटमा भनिएको छ, विपक्षीले गरेको कार्य संविधानको धारा १ (१), १२६, १२८ (२),(४), सर्वोच्च अदालत ऐन २०४८ को दफा ४(१), ११(२)(क), न्यायप्रशासन ऐन २०७३ को दफा १८(१) विपरित कार्य गरेका हुदा न्यायप्रशासन ऐन २०७३ को दफा १७ को (१),(२) ले प्रदान गरेको अधिकारको आधारमा सोही ऐनको दफा १७ को उपदफा ४ बमोजिम हदै सम्मको कार्यवाही गरि पाउँ ।