खोलामा करेण्ट लगाएर माछा मार्न खोज्दा आफ्नै ज्यान गयो

741 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-खोलामा बिषादी तथा करेन्ट लगाएर माछा मार्ने कार्य गलत भएको भन्दै यस्ता कार्यको विरोध हुंदै आएपनि रोकथाम हुन भने सकेको छैन । जवरजस्ति हुने यस्ता कार्यले पटक पटक दुर्घटना हुने गरे पनि नियन्त्रण हुन नसक्दा मानविय क्षती समेत बढ्दै गएको छ ।
सोमबार धादिङको ससाहमाखोलामा करेण्ट लगाएर माछा मार्न खोज्दा एक युवाको अकालमा ज्यान गएको छ ।
सदरमुकाम धादिङबेसी नजिकै ससाह स्थित स्थित थोपल खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा खनियाबास गाउँपालिका झार्लाङ का ३० वर्षीय हरि तामाङको सोमबार दिउंसो करेण्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । तामाङ परिवार झार्लाङबाट बसाई सरेर नीलकण्ठ नगरपालिकाको ससाहमा आई बस्दै आईरहेका थिए ।