हराएका डेढ वर्षिय बालक खोलाको वगरमा खेलिरहेको अवस्थामा भेटिए

661 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 17974428_1357173597662823_1048979480_nधादिङको वेनिघाट रोराङ गाउँपालिका ३ बागुराङबाट बैशाख ३ गते आईतबार राती ओछ्यानबाट  हराएका डेढ वर्षिय बालक खोलाको वगरमा खेलिरहेको अवस्थामा सकुशल फेला परेका छन ।  बैशाख ३ गते राती आमा बाबु  र दाजु संगै सुतेका डेढ वर्षका बालक बुद्धिलाल चेपाङ सुतेकै ठाउँबाट हराएका थिए । फिल्मि शैलीमा हराएका वालकको खोजीमा उनका आफन्त,स्थानीयवासी र प्रहरी सोमबार विहानै देखि जुटेका थिए । बालकलाई कसैले चोरेर लगेको हुन सक्ने र उनको  खोजी कार्य तिव्र पारिएपछि पक्राउ परिने डरले वालकलाई खोलाको वगरमा छाडेर चोरी गर्ने व्यक्ति भागेको हुन सक्ने खोजी कार्यमा संलग्न टोलीको भनाई छ ।

बैशाख ४ गते दिउँसो ३ बजे नजिकैको सेन्ती खोलाको बगरमा खेली रहेको अबस्था ति बालक फेला परेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक बरुण बहादुर सिंहले बताए । डेढ बर्षिय बालक राती ओछ्यानबाट  हराई खोलाको बगरमा कसरी पुग्यो भन्ने कुरा आश्चर्यजनक र खोजीको बिषय भएको सिंहको भनाई छ ।बालक भेटिएपनि अनुसन्धान कार्य जारी रहेको पनि उनले वताएका छन ।

-तस्बिर सौजन्य : तुलसीजंग थापा