थाक्रे गाउँपालिकाको जनता विद्यालयमा “सिकाईको फरक अभ्यास”

1138 पटक पढिएको

सम्पादक: Dhading News

थाक्रे-विद्यालयमा शैक्षिक सिकाइको लागि अभिभावक पनि पुग्छन् भन्दा अचम्म लाग्न सक्छ । थाक्रेको श्री जनता आधारभुत विद्यालयमा शैक्षिक सिकाइका लागि अभिभावक नै पुगे । बालबालिकालाई विद्यालयमा खेल्न पठाएको हो भन्ने अभिभावक नै विद्यालयमा पुग्दा उनीहरु निकै उत्साहित थिए । धादिङको थाक्रे गाउँपालिकाको उक्त विद्यालयका अभिभावकहरु उत्साहित भएका हुन् ।

Dhading_01शैक्षिक वर्षको शुरुवातमा सरकारी शिक्षा पद्धतीहरुको विषयमा थुप्रै आलोचना भईरहेको बेला पिस फर पिपुलले जुराएको यो सिकाई अभियान प्रभावकारी देखिन्थ्यो । यस्तो सिकाई कार्यक्रम पिस फर पिपुलले आयोजना गरेको हो । सरकारी शिक्षालाई पनि सुधार्न अभिभावकलाई सिकाईको अभ्यास बारेमा ज्ञान दिन पिस फर पिपुलले यस्तो कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमा अभिभावको भुमिका, शिक्षाको उद्देश्य, बालबालिकाहरुको विकास हुनु पर्ने सवालहरुको बारेमा अभिभावकहरुलाई खेल, नाटकको माध्यामबाट जानकारी गराईएको पिस फर पिपुलकी निर्देशक पुनम खड्गीले जानकारी दिइन् । विद्यालयमा पिस फर पिपुलले यस्तो सिकाइ कार्यक्रम संचालन गरेकोमा प्रधानाध्यापक उत्तम प्रसाद सुवेदीले खुशी व्यक्त गरे ।

बालमैत्री शिक्षा प्रदान गर्नेको लागि अभिभावक, शिक्षक र विद्यार्थीको उत्तिकै महत्व हुने र यसको लागि अभिभावकले घरबाट आफ्नो बालबालिकहरुको कुराहरुलाई बुझेर त्यही अनुसारको सिकाई सुरु गर्नु पर्ने समय आएको पिस फर पिपुलकी अभियान्ता पुनम खड्गीले जानकारी दिइन् ।

कार्यक्रममा सहभागी भएपछि अभिभावक केशव प्रसाद प्याकुरेलले भने–‘हामीले आज सम्म यस्तो खाल नयाँ प्रकृतिका सिकाई प्रक्रियाहरुमा भाग लिगेको थिएनौ त्यसैले कार्यक्रम निकै उपयोगी लाग्यो, बिद्यालय जाने भनेको केवल पढ्नको लागि मात्र हो भन्ने लाग्दथ्यो तर यो गलत रहेछ, खेलबाट झनै विद्यार्थीहरुलाई नयाँ कुरा सिकाउन मद्दत गर्दो रहेछ ।’

ग्रामिण क्षेत्रमा रहेका विद्यालयहरुमा बालबालिका विद्यालय छोड्ने दर उच्च देखिने र यसको मुख्य कारण सिकाई प्रक्रिया भएकोले संस्थाले अभियानलाई निरन्तरता दिने पिसफर पिपुलका अभियान्ता सन्तोष विडारीले जानकारी दिए । पिस फर पिपुलले गुणस्तरीय शिक्षाको लागि विभिन्न कार्यक्रमहरु सहित अभियानहरु संचालन गरिरहेको विकास खबर डट कमले समाचार लेखेको छ ।