एमालेबाट कस्ले पाउला गल्छी गाउँ पालिकामा अध्यक्षको टिकट ? पांच जनाको दावी

830 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेकपा एमालेको लागि चुनाव जित्न सुरक्षित स्थान भनेर प्रचार गरिएको गल्छी गाउँ पालिकाको अध्यक्ष पदको टिकट कस्ले पाउला यति बेला गाउँ पालिका भित्र मात्रै होइन, जिल्ला र देशैभरी गल्छी गाउँपालिकाको बिषयमा चासो र चर्चा शुरु भएको छ ।
गल्छी गाउँ पालिकाको अध्यक्ष पदका लागि नेकपा एमालेबाट ५ जनाले दावी गरेका छन । बैरेनी र कल्लेरी गाविसको सबै वडा र गोगनपानी गाविसको ५ वटा वडा मिलाएर वनेको गल्छी गाउँ पालिकाको कुल मतदाता  १५ हजार ९ सय ७९ जना रहेको छ ।

अध्यक्ष पदमा साविकको बैरेनी गाविसका निवर्तमान अध्यक्ष कृष्णहरी श्रेष्ठ,कल्लेरी गाविसका निवर्तमान अध्यक्ष केदारनाथ खतिवडा,गोगनपानी गाविसका युवा नेता धर्मजित लामा, एमाले जिल्ला कमिटी सदस्य नरेश खतिवडा र एमाले कल्लेरी गाउँ पार्टी कमिटिका अध्यक्ष माधव खतिवडाको दावी रहेको छ ।

????????????????????????????????????

17757311_434361000245002_7786785949264515564_n

अहिले पांच जनाको प्रतिस्पर्धा देखिएपनि अन्तिममा कृष्णहरी श्रेष्ठ र केदारनाथ खतिवडाबाट एक जनाले टिकट पाउने निश्चित देखिएको छ । अध्यक्ष पदका प्रत्याशि कृष्णहरी श्रेष्ठ बैरेनी गाविसको अध्यक्ष हुंदा गाउँ गाउँमा विकास योजना संचालन गरी समुदायमा लोकप्रिय बन्न सफल भएका व्यक्ति हुन । त्यति मात्रै होइन २०६४ सालको संविधान चुनावको प्रचारमा खटिएको वेला बैरेनी गाविसको कोइलीखर्कमा तत्कालिन नेकपा माओवादीका कार्यकर्ताले आक्रमण गरी श्रेष्ठको हत्या प्रयास गरेका थिए । तत्काल हेलिकप्टरको सहायतामा उद्धार गरी कठिन उपचार पछि श्रेष्ठ बाँच्न सफल भएका कारण पनि उनलाई स्थानीय र जिल्लामा मरेर बांचेको नेताको रुपमा चिनिन्छ ।
कल्लेरी गाविसका निवर्तमान अध्यक्ष खतिवडा पनि विकासप्रेमी र कुशल संगठकका रुपमा चिनिन्छन । तत्कालिन माओवादीले चलाएको शशस्त्र द्धन्द्धका वेला जिल्लाभरका गाविस अध्यक्षले गाउँ छाडेर सदरमुकाम र राजधानी प्रवेश गरेको वेला खतिवडाले गाउँमै रहेर आफ्नो जिम्मेवारी वहन गरेका थिए । खतिवडाको नेत्तृत्वमा कल्लेरी गाविसमा नमुना योग्य विकासका कार्यक्रम संचालन हुनुका साथै पार्टीको संगठन मजवुत पार्न सफल भएको स्थानीय नेता कार्यकर्ताको दावी छ । अध्यक्ष पदका पांचै जनाले आंफुलाई बलियो दावेदारका रुपमा प्रस्तुत गरेका छन । स्थानीय तहमै सहमती कायम गरेर सर्वसम्मतबाट नाम चयन गर्न नेकपा एमाले गल्छी गाउँ पालिका संगठन समितिले पहल गरेको भएपनि निर्णय भने हुन सकेको छैन ।
17760144_434357590245343_7073852645570666546_n 17796344_434361086911660_2666657682449193197_n 17796790_434361876911581_766997371825821080_nउपाध्यक्ष पदमा पनि ३ जना महिलाको दावी रहेको छ । उपाध्यक्ष पदका दावेदारहरुमा एमाले जिल्ला कमिटी सदस्यद्धय राधा तिमिल्सिना (कल्लेरी), उमा सिम्खडा (बैरेनी)का साथै जनजाती महिला नेत्तृ सिर्जना घले ( बैरेनील)बाट उपाध्यक्ष पदको दावी गरेका छन ।
गल्छी गाउँ पालिकाको मुख्य प्रतिस्पर्धि दलका रुपमा नेकपा एमाले र नेपाली कांग्रेस रहेका छन । दुवै दलले सर्व सम्मतबाट अध्यक्ष चयन गर्ने प्रयास गरे पनि सहमती हुन सकेको छैन । कांग्रेसबाट गोपिप्रसाद रिमाल र विनोद कार्कीले अध्यक्ष पदका लागि दावी गरेका छन ।
नेकपा एमाले र नेपाली कांग्रेस दुवैले गाउँ पालिकाको सबै वडा टोलहरुमा चुनावी प्रचारका कार्यक्रमहरु गरेर जनमत बटुल्नुका साथै चुनावी अभियानमा जुट्न कार्यकर्तालाई जागरुक वनाईसकेका छन । तेश्रो शक्तिका रुपमा रहेको माओवादी केन्द्रले नेपाली कांग्रेस संग मिलेर चुनावमा जाने  तयारीमा जुटिरहेको छ ।