सिलवाललाई थुनामुक्त गरी सर्वोच्चमा हाजिर गराउन आदेश

794 पटक पढिएको

११ बैशाख २०७४, सोमबार १८:४४ सम्पादक: धादिङ न्यूज

nawaraj-silwalकाठमाडौं-११,बैशाख : सर्वोच्च अदालतले नेपाल प्रहरीका नायव  महानिरीक्षक नवराज सिलवाललाई तत्काल थुनामुक्त गरी सोमबार नै अदालतमा हाजिर गराउन आदेश दिएको छ।  प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले सिलवालले गैरकानुनी रुपमा आफूलाई थुनामा राखेको भनी दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइपछि सो आदेश गरेको हो। आदेशमा प्रहरी नायव महानिरीक्षक सिलवाललाई अदालतका रजिस्ट्रारको रोहबर र वरिष्ठ अधिवक्ता शम्भु थापाको जमानीमा सोमबार नै थुनामुक्त गरी अदालतमा उपस्थित गराउन भनिएको छ। “सर्वोच्च अदालतको नियमावलीअनुसार यस अदालतका रजिस्ट्रारको रोहबरमा विद्वान् अधिवक्ता शम्भु थापाको हाजिर जमानीमा बन्दी बनाइएका सिलवाललाई आजै तत्काल थुनामुक्त गरिदिनू”, आदेशमा भनिएको छ।  निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, तुलसी भट्ट र अधिवक्ता हरि फुयाँल, मेघराज पोखरेल, टीकाराम भट्टराई र पूर्णप्रसाद राजवंशीले बहस गरेका थिए। सोमबार बिहान प्रहरी प्रधान कार्यालयको प्रहरी टोलीले प्रहरी नायब महानिरीक्षक सिलवाललाई बयानका लागि प्रहरी प्रधान कार्यालयमा लगेको थियो। प्रहरी नायब महानिरीक्षक सिलवालका तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै अदालत निवेदन दायर गरेका थिए। रासस