चांपखोलामा ट्रक पल्टिँदा १३ जना घाईते

684 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

17991857_1967700286782277_1684075535709989057_nधादिङ,१२ बैशाख  – धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ५ चापखोला स्थित ग्रामीण सडकमा मालवाहक सोराज ट्रक पल्टिदाँ चालक सहित १३ जना घाईते भएका छन ।
सदरमुकाम धादिङबेसीबाट सामान बोकेर गाउँ जाँदै गरेको बा ३ ख ८७८८ नम्बरको ट्रक सोमबार दिउंसो ४ वजे तिर चापखोलामा पुगेपछि अनियन्त्रित्र भई पल्टिएर दुर्घटना भएको हो । सदरमुकाम नजिकैको बस्ति भएपनि सिद्धलेक गाउँ पालिकाको अधिकांश गाउँमा वस नचल्ने भएकाले गाउँ जाने सर्वसाधरण ट्रकमा चढेर यात्रा गर्न वाध्य हुने गरेका छन । गाउँबाट तरकारी बिक्रीका लागि वजार आएका तथा दैनिक उपभोग्यका सामानहरु खरिद गर्न वजार झरेकाहरु गाउँ फर्किन अरु सवारी साधन नपाउने भएपछि मालवाहक ट्रकमा यात्रु वोक्नु पर्ने वाध्यता रहेको छ ।
18119166_1967700960115543_1186190583996122395_nदुर्घटनामा परि घाईते भएकाहरुको जिल्ला अस्पताल धादिङबेसीमा उपचार भईरुहेको छ । घाईते मध्ये ६ जनाको अवस्था गम्भीर रहेको को जिल्ला प्रहरी कार्यलय धादिङका डिएसपी दिपेन्द्र पञ्जियार थारुले जानकारी दिनुभयो ।