पौडी खेल्ने क्रममा बालकको ज्यान गयो

562 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

सदरमुकाम धादिङबेसी नजिकै पौडी खेल्नेक्रममा एक वालकको ज्यान गएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ पशुपति डाँडामा बस्दै आईरहेका धादिङकै त्रिपुरासुन्दरी गाउँपालिका ४ घर भएका ११ वर्षिय क्रिस नेपालीको बुधवार दिउंसो खोलामा डुवेर ज्यान गएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

बिद्यालय विदा भएका कारण दिउंसो साथीहरुसंग मिलेर पौडि खेल्न गएका नेपाली आँसीखोलाको गैरीखेतको वांध मा डुवेर मृत्यु भएपछि मात्रै घर परिवार र छिमेकीहरुले थाहा पाएका थिए ।