किराञ्चोकमा माओवादी केन्द्र र एमालेका कार्यकर्ता झडप,चार जना घाईते

523 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२५ बैशाख : चुनाव प्रचार प्रसारमा हिडेको दुई टोली जम्काभेट हुंदा धादिङको गजुरी गाउँ पालिका वडा नम्बर ८ चैनपुरमा झडप भएको छ । झडपमा परी चार जना घाईते भएका छन ।
नेकपा माओवादी केन्द्रको तर्फबाट गजुरी गाउँ पालिका वडा नम्बर ८ का वडा अध्यक्ष उम्मेदवार राजकुमार ढुंगानाको नेत्तृत्वमा रहेको घर दैलो टोलीले हमला गर्दा एमाले कार्यकर्ता मिलन बराल र सुरेन्द्र बराल घाईते भएका हुन । झडपमा परि माओवादी केन्द्रका मायानाथ अधिकारी र नारायण अधिकारी पनि घाईते भएका छन । घाईते भएका माओवादी केन्द्रका कार्यकर्ताहरुलाई उपचारका लागि काठमाण्डौं लगिएको छ भने एमाले कार्यकर्ताहरुको गाउँमै उपचार भईरहेको छ ।
माओवादी केन्द्रले घरदैलो गर्दै हिंडेको स्थानमा एमालेका कार्यकर्ता आएर निहुँ खोजेको केन्द्रका स्थानीय कार्यकर्ता देवराज अधिकारीकोे आरोप छ । उता आफ्ना कार्यकर्ता भएको ठाउँमा गएर माओवादी केन्द्रका कार्यकर्ताले अनावश्यक कुरा गरी निुहँ खोज्दै झडपको स्थिती वनाएको एमाले कार्यकर्ता जिवन वरालले वताएका छन । दिउंसो ३ वजे तिर भएको सो घटना पछि गाउँमा शसस्त्र प्रहरी वलको टोली खटाईएको छ भने थप तनाव हुन नदिन दुवै दलका स्थानीय नेता हरुसंग समन्वय भईरहेको स्थानीय प्रशासनले जनाएको छ ।
गजुरी गाउँ पालिका माओवादीका जिल्ला अध्यक्ष एवम पुर्व सभासद शालिकराम जमकट्टेल र एमालेको पोलिटव्युरो सदस्य एवम धादिङ क्षेत्र नम्बर ३ का सांसद राजेन्द्रप्रसाद पाण्डेको जन्मथलो हो । पाण्डे साविकको गजुरी गाविसका र जमकट्टेल किराञ्चोक गाविसका मतदाता हुन ।