हतियार र नगद २ लाख सहित मध्यरातमा काङ्ग्रेस कार्यकर्ता पक्राउ
625 पटक पढिएको
निर्वाचन आचारसंहिता बिपरित मौन अबधिमा चुनाव प्रचार प्रसार गर्नुका साथै मतदातालाई बितरण गर्न नगद बोकेर गाउँ पसेको एक टोलि धादिङको गोगनपानीबाट पक्राउ परेको छ ।
मौन अबधिको दुरुपयोग गर्दै मतदातालाई प्रभावित पार्न अबान्छित कार्य भैरहेको सुचनाको आधारमा खाेजिमा निस्केको शसस्त्र प्रहरी बलको गस्ती टोलिले धादिङ्को थाक्रे गाउँ पालिका ११ ओदालेबाट नेपाली काङ्ग्रेसका अर्जुन तामाङ र माओबादी केन्द्रका १ कार्यकर्ता नगद रु २ लाख,एक थान खुकुरी ,८ वटा स्वस्तिक चिन्ह र नमुना मत पत्र सहित बिहीबार राती ११ बजे तिर पक्राउ परेका हुन ।पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय धादिङ पठाईएको स्थानीय प्रहरिले जनाएको छ ।थाक्रे गाउँ पालिकामा नेपाली काङ्ग्रेस र माओबादी केन्द्र मिलेर चुनावी मैदानमा रहेको छ ।