धुनिवेसी-६ र वेनिघाट रोराङ -३ मा एमाले प्यानलनै विजयी

622 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

umlधुनिवेसी नगरपालिका वडा नम्बर ६ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । एमालेका तर्फवाट वडाअध्यक्ष पदका उम्मेदवार कान्छा तामाङ ४९२ मत ल्याई विजयी हुनु भएको हो । तामाङका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका राजकुमार वानियाँ (प्यारा)ले ४२२ र अर्का प्रत्याशि रमेश आचार्यले ४१० मत प्राप्त गरेका छन । आचार्य एविसि टेलिभिजनका धादिङ समाचारदाता एवम प्रेस सेन्टर नेपालका ३ नम्बर प्रदेश कमिटीका सचिव समेत हुन ।
धुनिवेसी नगरपालिकाको मेयर पदका प्रत्याशि नेकपा एमालेका वालकृष्ण आचार्यले अहिले सम्म ३ हजार ८ सय ४८ मत पाउनु भएको छ भने नेकपा माओवादी केन्द्रका दिपक लामिछानेले २ हजार ३ सय ३१,नेपाली काँग्रेसका माधवराज पाण्डेले १ हजार ७ सय ७८ मत प्राप्त गरेका छन । मत गणना कार्य जारी छ । उपमेयरमा एमालेका निरु खरेलले ३ हजार ७ सय ७८,माओवादी केन्द्रका सावित्री आचार्यले २ हजार ३ सय ४० र नेपाली काँग्रेसको अप्सरा कोइरालाले १ हजार ८ सय ३६ मत प्राप्त गरेका छन । मतगणना जारी रहेको भएपनि यस नगरपालिकामा नेकपा एमालेले जित्ने सम्भावना बढ्दै गएको सो पार्टीले जनाएको छ ।
यसै गरी वेनिघाट रोराङको वडा नम्बर ३ मा नेकपा एमालेका भुवन त्रिपाठी विजयी हुनु भएको छ ।