मैदीको उखुबारीमा एमाले र काँग्रेस कार्यकर्ता बिच झडप, गाउँ पालिकाका नवनिर्वाचित अध्यक्ष सहित ९ घाईते

859 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

dhading-21052017063958-1000x0धादिङ.७ जेष्ठ  :  विजयउत्सव मनाएर फर्किएका नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच धादिङको ज्वालामुखी गाउँपालिकामा  झडप हुंदा  ज्वालामुखी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विनोद तिमिल्सिना सहित दुवै तर्फका गरी ९ जना  घाईते भएका छन ।
शनिवार राती ज्वालामुखी गाउँपालिकाको मैदी उखुवारीमा दोहोरो झडप भएको हो । विजय जुलुसबाट फर्किदै गरेका एमालेका कार्यकर्ताहरु लाई लक्षित गरी सडक माथिबाट ढुंगा र वियरका वोतल प्रहार गरेपछि झडप हुन पुगेको  एमालेले जनाएको छ । ज्वालामुखी गाउँपालिका प्रमुख विनोद तिमिल्सिनासहित टोली र एमालेका कार्यकर्ताहरुबिच झडप हुँदा दुवै तर्फका  घाईते भएका हुन ।  गाउँ पालिकाको अध्यक्षमा पराजित भई उपाध्यक्षमा विजयी भएको एमालेले शनिवार सांधभन्ज्याङमा विजयसभाको आयोजना गरेको थियो । सभामा भाग लिएर फर्कदैं गरेका एमाले कार्यकर्ताहरु चढेको मोटरलाई लक्षित गरी उखुबारीमा सडक माथिबाट ढुंगा र वोतल प्रहार भएको र  त्यस्ले लागेर आफ्ना २ जना कार्यकर्ता घाईते  भएपछि दोहोरो झडप भएको एमालेले जनाएको छ ।

झडपमा घाइते भएकाहरुका मध्ये  नेपाली कांग्रेसका दामोदर भट्ट र नरेन्द्र भट्टको  काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारपछि डिस्चार्ज भइसकेको अस्पताल स्रोतले जनाएको छ ।
झडपमा धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष नेपाली कांग्रेसका विनोद तिमल्सिना पनि घाइते छन् ।दिउँसो सामान्य भनाभन भएर छुट्टिएकाहरु कार्यकर्ताहरु विजयी जुलुस मनाएर फकिर्ने क्रममा पुनः राति भेटिएपछि दोहोरो झडप हुन पुगेको डिएसपि दिपेन्द्र पञ्जियारले बताए ।

उखुबारी घटना ज्यादै दुखःद कार्य भएको जिम्मेवार नेता कार्यकर्ताहरु सहभागी भएको ठाउँमै यसरी दोहोरो झडपको स्थिती निम्तनुले गाउँवासीमा त्रासको अवस्था सिर्जना गराएको स्थानीयले वताएका छन ।

प्रमुख तिमिल्सिनाको टाउकोमा पाँच टाँका लगाइएको छ । प्रमुखसँगै रहेकी श्रीमती पनि आक्रमणमा घाइते भएको नेपाली कांग्रेसले जनाएको छ । शनिबार साँझ अबेर भएको उक्त घटनालगत्तै आक्रमणमा कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेको धादिङ कांग्रेसको आरोप छ । वियरको बोतलले हानेर कांग्रेसकै कार्यकर्ताले झगडा सुरु गरी एमालेका दुई जना कार्यकर्ता घाइते बनाएपछि दोहोरो झडपको स्थिती सिर्जना हुन पुगेको एमालेले  वताएको छ ।

एमालेका उम्मेदवार रामप्रसाद अधिकारी २६ मतले  ज्वालामुखी गाउँ पालिकाको अध्यक्षमा पराजित हुन पुगेका थिए । बहुमत पदाधिकारी एमालेबाट निर्वाचित भएपनि अध्यक्षमा भने काँग्रेसका जिल्ला सचिव समेत रहेका तिमिल्सिना विजयी भएका छन । उखुबारी घटनाको बिषयलाई नेपाली काँग्रेसले आज धादिङ सदरमुकाम धादिङबेसी वन्दको आव्हान गरेको छ । काँग्रेस कार्यकर्ताहरुले सदरमुकाममा प्रदर्शन गरी वजारका पसल र यातायात वन्द गराएका छन ।