उखुबारी घटनाको विरोधमा काँग्रेसद्धारा धादिङबेसी वन्द

1921 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

20170521_085544धादिङ,७ जेठ ः आफ्ना जिल्ला सचिव तथा अन्य कार्यकर्ता माथि हमला भएको विरोधमा नेपाली काँग्रेस धादिङले आज (आईतबार) धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी वन्द गराएको छ । वन्दको कारण सदरमुकामका सबै पसल, उद्योग व्यवसायका साथै सवारी आवागमन समेत ठप्प हुनपुगेको छ । विहानै देखि सदरमुकामको मुख्य मुख्य चोकमा काँग्रेसका कार्यकर्ताहरु वसेर सवारी चल्न दिएका छैनन ।
विजयउत्सव मनाएर फर्किएका नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ता बिच शनिवार साँझ ७ वजे तिर धादिङको ज्वालामुखी गाउँपालिकामा दोहोरो झडप हुंदा ज्वालामुखी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विनोद तिमिल्सिना सहित दुवै तर्फका गरी ९ जना घाईते भएका छन ।
शनिवार राती ज्वालामुखी गाउँपालिकाको मैदी उखुवारीमा दोहोरो झडप भएको हो । विजय जुलुसबाट फर्किदै गरेका एमालेका कार्यकर्ताहरु लाई लक्षित गरी सडक माथिबाट ढुंगा र वियरका वोतल प्रहार गरेपछि झडप हुन पुगेको नेकपा एमाले ज्वालामुखी गाउँपालिकाले जनाएको छ ।
20170521_090042ज्वालामुखी गाउँपालिका प्रमुखमा निर्वाचित नेपाली काँग्रेस धादिङका सचिव विनोद तिमिल्सिना संग रहेको काँग्रेस कार्यकर्ताहरुको टोली र एमालेका कार्यकर्ताहरुबिच झडप हुँदा दुवै तर्फका ९ जना घाईते भएका हुन । गाउँ पालिकाको अध्यक्षमा पराजित भई उपाध्यक्षमा विजयी भएको एमालेले शनिवार सांधभन्ज्याङमा विजयसभाको आयोजना गरेको थियो । अध्यक्षमा विजयी भएको नेपाली काँग्रेसले शनिवार ज्वालामुखी गाउँ पालिकाकै सातदोवाटोमा विजय सभाको आयोजना गरेको थियो । दुवै दलका कार्यकर्ता विजय सभामा भाग लिएर घर फर्कदैं गर्दा उखुबारीमा पुग्दा काँग्रेस कार्यकर्ताहरुले वाटो माथिबाट एक्कासी ढुंगा र वोतल प्रहार गरेर झडप निम्याएको नेकपा एमाले धादिङले जनाएको छ । बाटो माथि बाट भएको प्रहारले एमालेको विजय सभामा सहभागी भएर फर्किएका नारायण पुरी र सानुभाई आले घाईते हुन पुगेको नेकपा धादिङ क्षेत्र नम्बर २ का सांसद एवम् एमाले धादिङका पुर्व अध्यक्ष गुरुप्रसाद वुर्लाकोटीले वताउनु भयो । घाईतेहरुलाई राती गाउँकै मेडिकलमा प्राथमिक उपचार गराई आईतवार विहान सदरमुकामबाट एम्बुलेन्स पठाई उपचारका लागि जिल्ला अस्पताल ल्याईएको छ ।
घटनामा परि घाइते भएकाहरुका मध्ये कांग्रेसका जिल्ला सदस्य नरेन्द्र भट्टको काठमाडौ ँस्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ । अरु घाईतेको भने जिल्लामै उपचार गराईएकोमा उनिहरु डिस्चार्ज भइसकेको अस्पताल स्रोतले जनाएको छ ।
झडपमा धादिङको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष नेपाली कांग्रेसका विनोद तिमल्सिना, काँग्रेस महासमिति सदस्य यमनाथ दनै, जिल्ला सदस्य नरेन्द्र भट्टका साथै काँग्रेसका अन्य कार्यकर्ताहरु घाइते भएका छन । दिउँसो सामान्य भनाभन भएर छुट्टिएकाहरु कार्यकर्ताहरु विजयी जुलुस मनाएर फर्किने क्रममा साँझमा भेटिएपछि दोहोरो झडप हुन पुगेको धादिङका डिएसपि दिपेन्द्र पञ्जियारले बताए ।
उखुबारी घटना ज्यादै दुखःद कार्य भएको जिम्मेवार नेता कार्यकर्ताहरु सहभागी भएको ठाउँमै यसरी दोहोरो झडपको स्थिती निम्तनुले गाउँवासीमा त्रासको अवस्था सिर्जना गराएको स्थानीयले वताएका छन । यता नेपाली काँग्रेसका सभापति रमेश धमलाले प्रेस बिज्ञप्ति जारी गर्दै उखुवारी घटना निन्दनीय भएको बताउँदै घटनको निष्पक्ष छानविन र दोषि माथि कारवाहीको माग गरेका छन ।
गाउँपालिका प्रमुख तिमिल्सिनाको टाउकोमा पाँच टाँका लगाइएको छ । प्रमुखसँगै रहेकी श्रीमती पनि आक्रमणमा घाइते भएको नेपाली कांग्रेसले जनाएको छ । शनिबार विजय सभा मनाएर घरमा पुगि खाना खाँदै गरेको अवस्थामा एमाले कार्यकर्ताहरुले सांघातिक आक्रमण गरेको धादिङ कांग्रेसको आरोप छ । उता एमालले भने वियरको बोतलले हानेर कांग्रेसकै कार्यकर्ताले झगडा सुरु गरी एमालेका दुई जना कार्यकर्ता घाइते बनाएपछि दोहोरो झडपको स्थिती सिर्जना हुन पुगेको वताएको छ ।
एमालेका उम्मेदवार रामप्रसाद अधिकारी २६ मतले ज्वालामुखी गाउँ पालिकाको अध्यक्षमा पराजित हुन पुगेका थिए । बहुमत पदाधिकारी एमालेबाट निर्वाचित भएपनि अध्यक्षमा भने काँग्रेसका जिल्ला सचिव समेत रहेका तिमिल्सिना विजयी भएका छन । सदरमुकाम क्षेत्रमा कुनै अप्रिय घटना हुन नदिन स्थानीय प्रशासनले चोक चोकमा प्रहरीको उपस्थितीलाई वाक्लो गराएको छ ।