ससुरालीमा इज्जत जोगाउन छिमेकीको हत्या

672 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

hatyaaaaवेनिघाट रोराङ –   ससुराली घरमा बसेका ज्वाईले सोही घरमा  चोरी गर्दै गरेको दृष्य देख्दा धादिङको वेनिघाट रोराङगाउँ पालिकाको पिपलडाँडाका  एक चेपाङको अकालमा ज्यान गएको छ ।  स्थानीय तह चुनावको दिन हत्या भएका हापे उपनामले चिनिने एमाले कार्यकर्ता लक्ष्मण चेपाङको हत्याको आरोपीत अर्जुन बुढामगर पक्राउ परेपछि चेपाङ हत्याको रहस्य खुलेको हो ।

धादिङको वेनीघाट रोराङ्गको मझिमटार स्थित शंखादेवी माध्यमिक विद्यालय मतदान केन्द्रमा मतदान गरी फर्केका चेपाङको  हत्या भएको थियो ।घर फर्केका चेपाङ घर नपुग्दै मारिएपछि यस घटनालाई एमालेले राजनैतिक पुर्वाग्रहबाट मारिएको हुन सक्ने भन्दै स्थानीय प्रहरी प्रशासनलाई घटनाको निष्पक्ष अनुसन्धानका लागि दवाव दिंदै आएको थियो ।

बेनिघाट रोराङ गाउँपालिका वडा नं. ९ पिपलडाँडाका लक्ष्मण चेपाङको हत्या  गरेको आशंकामा दाङ जिल्ला घर भई पिपलभन्ज्याङमा घर ज्वाई बस्दै आईरहेका १८ वर्षीय अर्जुन बुढामगरलाई घटना भएको १२ दिनपछि  प्रहरीले घटना  नै पक्राउ परेको हो । दाङको गोवरडिहाबाट आएर  ८ महिना देखि स्थानीय आइतीमाया चेपाङ्गको घरमा घरज्वाइँ बसेका अर्जुनले लक्ष्मणको हत्या आफैले गरेको प्रहरी सामु स्वीकार गरेका छन् ।

अर्जुनको ससुराली घर र मृतक लक्ष्मणको घर एउटै गाउँमा हो । ससुराली आएका अर्जुनले लक्ष्मणको हत्या गरेको पुष्टि भएको छ । पसल फुटाएर वियर चोर्न लाग्दा लक्ष्मणले देखेपछि गाउँमा हल्ला फैलाउने र ससुराली गाउँमा आफ्नो जाने इज्जत डरले लक्ष्मणको नै हत्या गरेको  बयान अर्जुनले प्रहरीमा दिएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी दिपेन्द्र पञ्जियार बताए ।

घटना भएकै दिनदेखि अनुसन्धानको लागि जोगिमारा प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक राजु पौडेलको नेतृत्वमा घटना स्थलमा नै खटिएको थियो ।

यसरी मृत फेला परेका थिए  लक्ष्मण चेपाङ
बैशाख ३१ गते लक्ष्मण चेपाङ सहित उहाँको दाइभाउजु र भाइबुहारी भोट हाल्नको लागि जोगीमारा स्थित शंखादेवी माद्यमिक विद्यालय गएका थिए ।भोट हालिसकेपछि साँझ ५ बजेतिर ट्याक्टर चढेर गाउँ फर्किएका लक्ष्मण बुहारी सीतालाइ म गोठमा पसेर आउछु भनेर घर भन्दा तलै रहेको गोठमा बसेका थिए । । गोठमा पसेर आउँछु भनेका चेपाङ राती अवेर सम्म घर फर्किएनन ।  रक्सी खाने बानी भएका लक्ष्मण चुनावको दिन कोही साथीहरुसंग बस्यो होला भन्ने त्यो रात परिवारले उनको खोजी गरेन  ।

भुकम्प पछि बस्दै आएको घर भन्दा करिब ५ सय मिटर तल बट्टाइ चेपाङको कान्छो छोरा लाल बहादुर चेपाङको पक्की घर बन्दैछ। घरको गारो र ढलानको काम सकिएको भएपनि झ्याल ढोका हाल्नै बाँकी छ।

बनिरहेको त्यही घर नजिकै भैसीको गोठ पनि छ। परिवारले लक्ष्मण त्यही गोठमा बसेको अनुमान गरेका थिए। तर भोलीपल्ट ( जेठ १ गते ) लाल बहादुर भैसी दुहुन विहान साढे पाँच बजे गोठमा जादा बन्दै गरको त्यही नयाँ घर भित्र लक्ष्मणको शव क्षतविक्षत अवस्थामा त्रिपाल र जस्तापाताले छोपिरहेको अवस्थामा फेला पारेपछि घर परिवार र गाउँ समाजले उनको हत्या भएको ठहर गरेपनि कस्ले किन र केका लागि हत्या गरेको हो भन्ने कसैले पनि भेउ पाउन सकेका थिएनन ।

लक्षणको हत्या भएको दिन बैशाख ३१ गते घटनास्थल नजिकैको आइतीमायाँ चेपाङको पसलमा पनि चोरी भएको थियो। चुनावको दिन साँझ ८ बजेसम्म लक्ष्मण सोही पसलमा रहेको आइतीमायाले बताउनुभयो। राती ८ बजे पसल बन्द गरेर आइतीमायाँ घरतर्फ गएपछि लक्ष्मण बन्दै गरेको घरपट्टि गएको भएपनि भोली पल्ट लक्ष्मणको हत्या भएको सुन्दा आफु छाँगाबाट खसेजस्तै भएको आईतीमायाले वताउनु भयो ।

लक्ष्मणको शव फेला परेको ठाउँमै रगत लागेको रड र दुई वटा लौरो भेटिएको लक्ष्मणका भाइ लाल बहादुरले बताउनुभयो। ‘नजिकै रहेको एक हजार लिटरको ड्रमभित्र पानीमा डुवाएको अवस्थामा लौरो र रड भेटिएको थियो।’

लालबहादुरले भन्नुभयो, ‘शवलाइ छोपेको त्रिपाल र जस्तापाता पल्टाएर हेर्दा टाउकोमा गहिरो चोट थियो। देब्रे पट्टिको कान थिएन। छेउमा रगतको आहाल थियो। दाइलाइ कोदो कुटेझै कुटेर मारिएको रहेछ। पोष्र्टमार्टम गरेको बेलामा पनि करङका हड्डीहरु धुजा धुजा भएको भेटिएको थियो।’