धादिङको भकारेमा बस पल्टिंदा ३ को मृत्यु,२० भन्दा बढी घाईते,क्षतीको थप विबरण आउन बाँकी

1082 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

18698184_1575488892469347_4131139648369283676_n

18767790_1575488539136049_7263785619157965360_nधादिङ, १४ जेठ ः धादिङको नीलकण्ठ नगरपालिकाको वडा नम्बर १० मा पर्ने भकारेमा यात्रुवाहक बस पल्टिंदा ३ जनाको ज्यान गएको छ । धादिङबेसी सल्यानटार सडक खण्ड अन्र्तगत भकारेमा भएको सो दुर्घटनामा परि २० भन्दा बढी गम्भिर घाईते भएका छन । घाईतेहरुको अहिले उद्धार कार्य जारी रहेको छ ।
काठमाण्डौंबाट धादिङको खहरेका लागि छुटेको बस बिच बाटोमै विग्रिएपछि यात्रुलाई गन्तव्य सम्म लैजान प्रयोग गरिएको   ग १ ख ३४०५ नम्बरको बस ३० भन्दा बढी यात्रुृ लिएर चलेको केही बेरमै सडक भन्दा २ मिटर तल खसेको स्थानीयले वताएका छन ।
सांझ पौने ६ वजे तिर भएको सो दुर्घटनामा परि घाईते भएकाहरुको उद्धार कार्य जारी रहेको उद्धारमा संलग्न कुवेर धरेलले जानकारी दिनु भयो । दुर्घटनाको खबर आएपछि स्थानीयवासीले उद्धार शुुरु गरेको थिए । अहिले सदरमुकाम धादिङबेसीबाट प्रहरी र उद्धारटोली घटनास्थलतर्फ गईसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अहिले उद्धार कार्य जारी रहेकाले क्षतीको बिस्तृत विवरण आउन बाँकी नै छ ।

-तस्बिर सौजन्य : एलेक्स